आजको युगमा पनि कथित बोक्सीको आरोपमा महिलामाथि कुटपित भयो भनेर सुन्दा नौलो नलाग्न सक्छ । किनकि यस्ता घटना नेपाली समाजमा दैनिकजसो घटिरहेका छन् । तर दूर दराजका गाँउमा मात्र होइन शहर बजार र शि क्षित समाजमै यस्ता घटना दोहोरिरहने गरेका छन् । कैलालीमा राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिटको गरिएको घटना सेलाउन नपाउँदै बैतडीको डिलासैनी गाउँपालिकामा बोक्सीको आरोपमा एक बालिकामाथि निर्घात कुटपिट भएको छ ।जिल्लाको उक्त गाँउपालिकामा एक बालिकामाथि बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट भएको हो ।
बोक्सीको आरोपमा उनीमाथि कुटपिट गरिरहँदा भेला भएका स्थानीयमध्ये कसैले पनि रोकेनन् । लगातार उनीमाथि कुटपिट भयो । भेला भएका स्थानीय मात्र रमिते बनिरहे । बालिका कुटाइ खाएर बेहोस भएपछि मात्र उनलाई छोडिएको थियो ।डिलासैनी गाँउ पालि का–६ बरमबजारको बीच सडकमा भएको घटना हो यो । सडक धेरै मानिस जम्मा भएका थिए ।कुर्चीमाथि राखेर बालिकामाथि निर्धात कुटपिट भयो । झाँक्री भनिने सेतो वस्त्र लगाएकी अर्की एक महिलाले उनलाई बोक्सीको आरोपमा निरन्तर कुटपिट गरिन्।मुक्का , लात्ता र लछारपछारको चोट उनलाई असह्य हुन्छ ।
चोट सहन उनी नसकेर चिच्याउँछिन्, रुन्छिन् । ती बालिकाले सहयोगको याचना गरिरहन्छिन् ।तर, उनीमाथि कुटपिट भइरहँदा पनि रमिते बनेका स्थानीय भने चुपचाप थिए । सबैले नाटक हेरेजस्तै हेरिरहे, कसैले रोक्ने प्रयास गरेनन् । ती महिलाले निरन्तर कुटि रहँदा उनी बेहोस हुन्छिन् र सडकमै पछारिन्छिन् । उनी बेहोस भएर ढलेपछि उनकै उमेरका दुई जनाले बालिकालाई समाएर नजिकैको घरमा लैजान्छन् ।जिल्लाका विकट गाउँहरुमा यस्ता घटना दोहोरिरहने र यस्ता दृश्य सामान्य भएको गाउँलेले बताए । उनी हरुका अनुसार यस्ता घटना गाउँमा देखिने सामान्य घटना हुन् ।
गाँउमा बोक्सीका आरोपमा यस्ता घटना भइरहन्छन् तर, बाहिर आउँदैनन् । कोही बिरामी प–यो या कसैलाई केही भयो भने झारफुक गर्ने चलन गाउँमा रहेको छ । झाँक्रीले झारफुक गरेपछि स्थानीयले धामीझाँक्रीको निदानको उपाय खोज्ने गर्छन् ।जिल्लामा बोक्सी का आरोपमा निर्मम कुटपिट हुँदासमेत जिल्ला प्रशासन कार्यालयलाई यसबारे कुनै जानकारी छैन । बैतडीका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले यसबारे प्रशासनलाई कुनै जानकारी नभएको बताए । ‘डिलासैनीको घटनाबारे हामीलाई कुनै जानकारी छैन ।’ हुन त यस्तो घटना नेपालमा सधैजसो दोहोरिने घटना हुन् ।
प्रमुख जिल्ला अधिकारी गैरेले भने, ‘कुनै पनि घटनामा हामीले तुरुन्तै एक्सन लिने गरेका छौं तर यो घटनाबारे हामीलाई जानकारी छैन ।’ नेपाली समाजमा बोक्सीको आरोपमा विपन्न र तल्लो जातका भनिने महिलाहरुमाथि यस्ता आक्रमणहरु बेला बेलामा भइर हन्छन् । प्रायजसो गरीब र एकल महिला यस्ता आरोपको शिकार हुने गरेको स्थानीयहरु बताउँछन् ।आर्थिक विपन्नता र अन्धविश्वास व्याप्त रहने समाजमा यस्ता घटना बढी हुने गरेको पाइएको छ । अझ ग्रामीण क्षेत्रमा बोक्सीकै आरोपमा महिलामाथि निर्मम कुटपिट हुने गरेको छ