Latest Updates :

नेपाली गीत ‘रेशम फिरिरी’ गाउदै हिड्ने यी बेलायती नागरिक टाउको भरि चोटैचोट बोकेर अलपत्र अवस्थामा

SHARE THIS POST :
बेलायतबाट सन् २०१२ नेपाल आएका एलेक्स नेपालले नेपाली गीत रेशम फिरिरी गएर सबैलाई चकित पर्दै आएका छन्। उनले नेपालका बिभिन्न ठाउँहरुमा नेपाली गीतहरु गएर संकलन भएको रकम बालबालिकालाई सहयोग गर्ने गर्थे। उनले नेपालमा रहेका बेवारिशे बालबालिका र दीन दुखिलाई सहयोग गर्न फाउन्डेसन पनि खोलेका छन्।

नेपाल र नेपालीलाई माया गर्ने उनले नेपालीहरुको मुहारमा मुस्कान ल्याउन सँधै ढाका टोपी लगाउने गर्छन। उनले नेपाली गीत रेशम फिरिरी, बिस्तारै बिस्तारै डुब्दै छु म मायाको सागरमा, परेलीमा लुकाई राखन जस्ता गीत गाउछन । उनले नेपाली गीत गएको भिडियो युट्युबमा भेटिन्छ। उनि जहाँ जान्छन नेपालको प्रचारप्रसार गर्न भुल्दैनन्।

अरुलाई सहयोग गर्ने उनि अहिले नेपालमा घाइते अवस्थामा छन्। आर्थिक सहयोगको अभाबमा उनले आफ्नो उपचार गर्न सकेका छैनन्। केहि समय अघि भारतको गोवामा घुम्न जाने क्रममा उनको स्कुटर दुर्घटनामा परि टाउकोमा चोट लागेको थियो। त्यहाँकै स्थानीयको सहयोगमा उनलाई सरकारी अस्पतालमा उपचार गरियो। दुर्घटनाकै क्रममा उनिसंग रहेको रकम, सामान सबै हरायो। हेरचाह गर्ने मान्छे र रकमको अभावमा उनको त्यहाँ राम्रो उपचार हुन् सकेन।

अहिले उनलाई टाउकोमा लागेको चोटका कारण बिमान हिडेको जस्तो आवाज सुनिरहन्छ। उनको टाउकोको सिटि स्क्यान गरि पुन: अप्रेशन गर्नु पर्छ। रकम धेरै पर्ने हुनाले उनले आफ्नो उपचार गर्न नसकेको भन्दै पिएनपि मिडिया मार्फत सहयोगको याचना गरेका छन्।

तपाईहरुको सानो सहयोगले नेपाल र नेपालीलाई माया गर्ने यी बेलायती नागरिकले नया जीवन पाउनुको असहाय दीन दुखि हरुले पनि साहारा पाउनेछ जति पनि सहयोगी मनहरुले यो भिडियो हेरिरहनु भएको छ कृपया सहयोगको लागि शर्मिला गुरुङ: ९८८०३९६४५२ ,मनोज खड्का: ९८६०३०१४९० र हाम्रो पिएनपि खबरको पेजमा पनि सम्पर्क गर्नसक्नुहुनेछ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger