Latest Updates :

निर्मला काण्ड-बाहिरियो सबलाई चकित पार्ने खबर,दिलीप विष्टले यस्तो बयान दिएका रहेछन

SHARE THIS POST :
निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना पुग्न लागिसक्यो। तर, हत्यारा रहस्यको गर्भमै छ। थुपै अनुसन्धान टोलीलाई माथ खुवाउने यो घटना नेपाल प्रहरीका लागि घाँटीमा अड्किएको ठूलो हड्डी जस्तै भएको छ। न त भित्र नै पस्न सकेको अवस्था छ, न बाहिर निकाल्न सकिएको छ। जसकारण यसको चौतर्फी आलोचनामा सिंगो प्रहरी संगठन नै मुछिएको छ। सोही प्रकरणमा कतिपय प्रहरी अधिकारीले जागिरबाटै हात धुनुपर्‍यो। कतिपय महिनौं बितिसक्दा समेत निलम्बनको सि कार भइरहेकै छन्।

अनुसन्धान गर्दागर्दै जागिर नै जाने अवस्था आउनु र निलम्बनमै पर्नुपरेपछि यसले अपराध अनुसन्धानमा दीर्घकालीन असर पर्ने विज्ञहरु बताउँछन्। ‘गुड फेथ’ रहेर काम गर्दागर्दै यस्तो अवस्था आउन थालेपछि जोखिम अनुसन्धान गर्न प्रहरीलाई गाह्रो हुने विज्ञहरु बताउँछन्।प्रहरी अधिकारीको जागिर नै खोसिने र निलम्बन बनाउनेसम्म भएको यो चर्चित घटनाको केही पाटा अझै पर्दापछाडि नै छन्। प्रमाण नष्ट गरेको, निर्दोषलाई फसाउन खोजेको, अभियुक्तलाई यातना दिएको, कुशल ढंगले जिम्मेवारी बहन गर्न नसकेको जस्ता आरोप अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई लाग्दै आएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger