हावाहुरीले उडाएर स्थानीयको लत्ताकपडा कता पु¥यायो अत्तोपत्तो छैन । खानेकुरा केही छैन । बस्ने बाससमेत छैन । संघीय सरकार, प्रदेश सरकार, विभिन्न राजनीतिक दल, संघसंस्था, एनजीओ–आईएनजीओ, व्यक्तिगत रूपमा पनि पीडितहरूलाई राहत दिने र घोषणा गर्ने क्रम जारी छ ।
तर, बारामा देखिएको यो दृश्य (तस्बिर) ले पीडितहरू कुन अवस्थामा आफ्नो दैनिकी गुजारिहेका छन् भन्ने छर्लंग हुन्छ । वीरगन्जका पत्रकार भूषण यादवले घटनास्थलमा बिहान खिचेर फेसबुकमा राखेको तस्बिरले कसको मन रुँदैन र ?
तस्बिरमा पाँच–सातवटा झूलभित्र विस्तारा लगाइएको छ । चिसो भुइँमा एउटा पातलो पालमाथि तन्ना ओछ्याइएको छ । ओढ्ने पनि गतिलो छैन । झूलबाट शीत सिधै भित्र पस्छ । अझ पानी परेका बेला त झूलको कुनै महत्व नै हुँदैन । पीडितहरू यसरी बाँचिरहे पनि उनीहरूको नाममा राहत संकलन गर्ने जमात भने बढेको बढ्यै छ । अहिले त्यहाँ वास्तविक पीडितले भन्दा पनि गैरपीडितले राहत बुझ्न थालेको दृश्य देख्न पाइन्छ ।
Post a Comment