Latest Updates :

बालबालिकाको भोको पेट भरेर सेनाले दिनरात नभनी बारामा यसरी गर्दै छ उद्धार

SHARE THIS POST :
नेपाली सेना हावाहुरीका कारण पीडामा परेका बारा र पर्साका सर्वसाधारणको उद्धार र राहतमा जुटेको छ । नेपाली सेनाले हावाहुरीका कारण भत्किएका घरका भग्नावषेश हटाएर अस्थाई घर निर्माण गर्न थालेको छ । बस्ने स्थान समेत नभएका पीडितहरूलाई टेण्ट लगाइदिएर बासको व्यवस्था गरिदिएको छ ।

राहत नपुगेका र खान नपाएका पीडितहरूलाई नेपाली सेनाले खाने व्यवस्था पनि मिलाइदिएको छ । चैत १७ गतेको भीषण हावाहुरीले क्षति पु¥याएको बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ स्थित भलुही, भरवलिया र वडा नं. ६ स्थित पुरैनियामा नेपाली सेनाको चन्दननाथ गणबाट खट्टिएको टोलीले भत्किएका घर टहराहरूको व्यवस्थापन, राहत वितरण तथा त्रिपाल टाङ्ने कार्य गरिरहेको छ ।

नेपाली सेनाले वर्षा शुरु हुन अगाडि नै बारा र पर्साका पीडितहरूलाई सुरक्षित बासको व्यवस्था गर्ने गरी काम अगाडि बढाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सेनाले तीब्र गतिमा चुपचाप पीडितहरूको उद्धार र राहतमा दिनरात नभनी काम गरेको स्थानीयहरूको भनाइ छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger