Latest Updates :

सानैमा एउटा खुट्टा गुमाएकी निलम, छोरी ६ महिनाकी हुँदा डिभोर्स, अझै गर्दैछन् संघर्ष,

SHARE THIS POST :
चर्चित नृत्याङ्गना निलम ढुंगाना एक खुट्टाको सहाराले सवलाङ्ग सरह उत्कृष्ट नृत्य गरेर देश विदेशमा ख्याती कमाएकी निलमको बलराम बस्नेतसँग १० वर्षअगाडि वैवाहिक सम्बन्ध जोडिएको थियो । उनीहरुको एक छोरी छिन् । ०६४ सालमा भयंकर दुर्घटनामा परेर पनि बाँच्न सफल निलमको दुर्घटनामा परेको एउटा खुट्टा गुमेको थियो ।

स्कुल जान पुलको पेटीबाट हिँडिरहेकी निलम र उनकी साथी अन्जना राईलाई ओभर लोड भएको ट्रकले किच्दा अन्जनाको दुर्घटना स्थलमै मृत्यू भएको थियो । नीलम बाँच्न त सफल भइन् तर देब्रे खुट्टा सधैंका लागि गुमाएकी थिइन । भिडियो हेर्नुहोस

धेरै राम्रो नाच्नु हुन्छ सानै देखि को रहर होकी घटना घटेपछी को हो?
सानै देखि नै नाच्ने गर्थे, बालापन देखिको नै रहर अनि इच्छा हो मान्छेको जीवन मा जस्तो सुकै घटना घटेपनि आफ्नो रहर र इच्छा छ भने सक्दो रहिछ।

अरु अन्य काम गरेर पनि त आफुलाइ चिनाउन सकिन्थ्यो नि नाच्न नै किन रोज्नु भयो त?
सानै देखि को रहर र इच्छा हो भनेर त भनी सके। फेरि एउटा खुट्टा को भर मा नाच्नु भनेको सजिलो काम होइन। हो अरु काम पनि थिए गर्ने लाई तर मलाई अगाडि बढनु थियो केही गरेर यो समाज को लागि देखाउनु थियो त्यसैले यहि आफुले सिकेको जानेको काम लाई नै निरंतरता दिए।
समाज को लागि उदाहरणीय काम गर्नु भएको छ, समाज बाट कत्ती को सहयोग पाउनु भएको छ?

जब म पहिले पटक स्टेज मा नाचेकी थिए त्यो दिनको नाच अझै पनि मेरो मानशपटल मा घुमिरहेको छ। त्यो दिन मेरो लागि अबिस्वमरिय छ। त्यही बेला बाटनै समाजले हेर्ने नजर पनि फरक बनायो। समाज को सहयोग र हैसला नभएको भए म यहाँ सम्म पनि आउनी थिइन होला।

त्यो घटना लाई कसरी सम्झन चाहनु हुन्छ?
दुर्घटना हो मेरो जिन्दगी को सबै भन्दा ठुलो दुर्घटना। म र मेरो साथि परिक्षा दिन हिनेका थियौ कस्ले सोचेको थियो र एस्तो होला भनेर साथिले ज्यान गुमाउनु पर्यो मैले खुट्टा गुमाउनु पर्यो। म आउदै छुभनेर न आउदो रहिछ जस्लाइ जहाँ पनि हुदो रहिछ। दुर्घटना।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger