उनले फिल्म ‘कभी खुशी कभी गम’मा अमृतासँग भेट भएको बताएकी छिन् । करीनाले त्यस समयमा अमृताले सारासँग भेट गराएको समेत उल्लेख गरेकी छिन् । उनले अमृतालाई इज्जत र सम्मान गर्ने पनि बताइन् ।
उनले भनिन्, ‘सारा मेरो फ्यान थिइन् । यसकारण अमृता र मेरो भेट भएको थियो । मेरो पतिका दुई बच्चाको स्याहार अमृताले गरेकी हुन् । यसको सम्पूर्ण श्रेय अमृतालाई जान्छ ।’
उनले अमृता र सैफका दुई सन्तान आफ्नै भएको बताइन् । उनले भनिन्, ‘हामी प्रेम सम्बन्धमा रहँदा सैफले मलाई प्रपोज गर्दै मलाई भनेका थिए, मेरो दुई सन्तान छन् जो मेरो जीवनको हिस्सा हुन् ।’
करीना करण जौहरको शो ‘कपि विथ करण’ मा प्रियंका चोपडासँग उपस्थित भएकी थिइन् । शोमा दुवैले आफ्ना व्यक्तिगत जीवनका बारेमा थुप्रै कुराहरु खोलेका थिए ।
उता तेलेगु अभिनेता अल्लु अर्जुनले सोमबार आफ्नो नयाँ सिनेमाको घोषणा गरेका छन्। शीर्षक नराखिएको सो सिनेमालाई अल्लु अर्जुनलाई विशेष चर्चा दिलाएको ‘आर्या’ सिनेमाका निर्देशक सुकुमारले निर्देशन गर्नछन्।
यी दुईको यो तेश्रो सहकार्य हो। अल्लुले उनीसँग ‘आर्या’ र ‘आर्या २’मा एकसाथ काम गरेका थिए। सिनेमाको सुटिङ् यसै वर्षको मध्यबाट सुरू हुनेछ। यस सिनेमा अघि अल्लु त्रिविक्रमको निर्देशन रहने सिनेमा पूरा गर्नेछन्।
यस सिनेमाका लागि अल्लु अघि पहिलो रोजाइमा महेश बाबु थिए। उनीहरूबिच सिनेमालाई लिएर मतभिन्नता भएपछि महेश बाबुले सिनेमाबाट हात झिकेका हुन्।
महेशले ट्विट गर्दै आफू सिनेमाबाट अलग भएको घोषणा गरेका हुन्। उनले अलग भएको घोषणासँगै सिनेमाका लागि सुकुमारलाई सिनेमा सफलताको शुभ-कामना पनि दिएका छन्। सिनेमाको बावकी कास्ट र क्रुको बारेमा भने केहि सार्वजनिक गरिएको छ।
Post a Comment