चीनको कुनिमङबाट एयर चाइना स्र्टन एयरलाइन्सबाट नेपाल आएका उनीहरुलाई मलद्वारमा सुन राखेको अवस्थामा पक्राउ गरिएको विमानस्थलमा एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
शंका लागि उनीहरुलाई नियन्त्रणमा लिई एक्सरे गरेर हेर्दा मलद्वारमा सुन भेटिएको उनले बताए । पछि उनीहरुलाई दिसा गर्न लगाएर सुन निकालिएको हो ।
चेकजाँचका क्रममा केही असजिलो मानेपछि उनीहरूलाई प्रहरी र भन्सारका अधिकारीहरूले केएमसी अस्पताल लगेको थियो ।
Post a Comment