भोर्लेको बाख्रा फार्म संचालन गरेर बसेका प्रकाश लामाका अनुसार ६ वटा कुकुर मिलेर एक ठूलो चितुवा बाघ मारेको बताए । बाघसंगको लडाईमा एउटा कुकुर मरेको र अन्य पाँच कुकुरहरु गम्भीर घाईते भएका थिए । बाख्रा फार्म नजिकैबाट सानो कुकुरलाई बाघले आक्रमण गरेपछि अन्य कुकुरहरु पनि बाघको पछि लाग्दै करिब १ घण्टाको लडाईले बाघ मरेको स्थानीय लोकबहादुर राना बताउँछन् ।
आफुहरुले बाघ र कुकुरको अन्तिम लडाई समेत देखेको रानाको दाबी छ । रानाका अनुसार बाघको आक्रमणबाट घाईते घएपछि दुई कुकुरहरुलाई बोकेर ल्याउन परेको समेत बताए । बिशेषत बाख्रा फार्मको लागी कुकुर पालिएको भए पनि पछि त्यसले गाउँ वरिपरीकै सुरक्षा प्रदान गरेको छ । गाउँ तथा जंगलमा सबै कुुकुरहरु घुम्छन्, कतै बाघ, बाँदर आयो भने मालिकलाई समेत खबर गर्ने गरेको फर्म संचालक प्रकाश लामाको भनाई छ ।
Post a Comment