Latest Updates :

अब कस्ले भन्छ यिनलाई पुरूष ? १६ लाखमा लिंग परिवर्तन गरेर फर्किइन झापाकी चञ्चला

SHARE THIS POST :
झापा / थाइल्लेन्डमा गएर केही महिना अगाडी ‘सेक्स चेन्ज, अप्रेसन गरेपछि चञ्चला सुब्बा लाई अब कसैले पनि पुरुष हो भन्नै सक्दैन । विराटनगर विमान स्थ्लमा पत्रकारसंगकाे अचानक भेटमा सुब्बाले मुस्कुराउदै भन्नु भयो ,‘ रु १६ लाख रुपैयाँ खर्च गरेर थाइल्लेन्डमा गएर लिंग परिवर्तन गरे,। झापाको संयोजक समेत रहनुभएकी सुब्बा तेस्रोलिंगीहरुको हकहितमा कामगर्दै आएकी सुब्बाले थाइल्लेन्डमा गएर स्तन र योनीको दुवैको अप्रेसन गरेको बताउनु भयो । चञ्चला सुब्बाका अनुसार दुवै अंग एकै चोटी शल्यक्रीया गर्दा गम्भिर हुने भएको चिकित्सवको सल्लाअनुसार पहिले स्तनको अप्रेसन गरेको बताउनु भयो । ६ लाख रुपैयाँमा खर्चेर सुब्बाले स्तनको अप्रेसन गरेको बताउनु भयो । छातीको घाउ पुरिन थालेपछि उहाँले १० दिनपछि योनीको अप्रेसन गरेको बताउनु भयो । स्तन र योनीको दुबैको अप्रेसन सफल भएपछि नयाँ जुनि पाएको उहाँले बताउनु भयो । आत्मविश्वासको साथ बाच्न पाउने बल्ल भयो भन्ने भएपछि पीडा, आर्थिक सबै विर्सेको उहाँको भनाई छ ।
आठ घण्टाको समयपछि सफल सल्यक्रिया भएको उहाँले बताउनु भयो । उहाँँका अनुसार अप्रेसनमा लिंगको मासु र अण्डकोष झिकिल्दो रहेछ । अप्रेसन गर्दा नसा चाही कुनै पनि खेर जान नदिएर त्यसलाई त्यही वरिपरी छालामा संयोजन गरी भेजिनाको आकार दिइएको उहाँको भनाई छ । उहाँले भन्नु भयो,‘ सफल अ्रपेसन पछी पूर्ण रुपमा महिला भएको महसुस गरको छु , ।उहाँका अनुसार नेपालबाट पनि थुप्रै अप्रेसन गर्न जाने गरेको उहाँले बताउनु भयो ।

तर, आफुजस्तो पुर्ण रुपमा खुलेर समाजमा आउन नचाएको उहाँको भनाई छ । लिंग परिवर्तनको सपना पुरा भएकोले आफुलाई बुझने समय मिल्यो भने बिवाह गर्ने योजनामा उहेको उहाँको भनाई छ । धेरै जसो तेस्रोलिंगीको इच्छा हुने गर्दछ लिंग परिवर्तन गर्ने । तर, बढी नै खर्चिलो हुने भएको कारणले उनीहरुको इच्छा पुरा हुन नसकेको चञ्चलाको भनाई छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger