Latest Updates :

जागिर लगाइदिन्छु भन्दै होटलमा बोलाएर कपडा खोल्दै जबर्जस्ति गर्न खोज्ने शम्भु खड्का रंगे हात पक्राउ

SHARE THIS POST :
काभ्रेकी परिर्वतीत नाम सम्झनालाई केही समय अघि आफू हेल्वेटास नामक आईएनजिओको कर्मचारी भएको भन्दै प्रेक्षा शर्मा नाम गरेको फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आयो ।छिनभरमै साथी बनेका उनीहरुबीच कुराकानी सुरु भयो । पछि विस्तारै सम्झना लाई आईएनजिओमा कर्मचारी आवश्यक भएको भन्दै प्रेक्षाले जागिर दिने लोभ देखाइन । जव सम्झना जागिरको बारेमा उत्सुक देखिन् तव प्रेक्षा शर्माले त्यसका लागि आफ्नो बोससंग एक रात विताउनु पर्ने भन्दै अफर गरिन् ।उनले शभ्भु खड्का भन्ने व्यक्ती आफ्नो बोस भएको भन्दै उनको नम्वर दिइ सम्पर्क गर्न लगाईन् ।

फेसबुकबाट साथी भएको युवतीको नामबाट यस्तो म्यासेज आएपछि उनी झस्किन् र यसरी नै धेरै युवतीको शोषण भएको हुन सक्ने भन्दै न्युज २४को कार्यक्रम सीधाकुरा जनतासंगको सम्पर्कमा आइन् । सीधाकुरा जनतासंगको कार्यालयमा हुँदा उनलाई शम्भु खड्ले फोन गरेर र कम लाइदिमा भेट्न बोलाए ।त्यसपछि सीधाकुरा जनतासंगको टोली तुरुन्त महाराजगन्ज प्रहरीका ईनिस्पेकटर राजन लामाको टिमसंग सहकार्य गरेको थियो । र त्यसपछि सम्झनालाई प्रहरी र हाम्रो टिमले कमलादी पु¥यायो । शम्भु खड्का भन्ने व्यक्ती त्यती खेर कमलादीमा रहेको होटल कमलमा कोठा लिएर बसेका रहेछन् ।

उन्ले सम्झनालाई आफ्नो कोठामा बेलाए ।होटलको कोठामा तयारी अवस्थमा बसेका खड्काले सम्झना कोठामा छिर्ने वित्तिकै जवरजस्ती गर्ने प्रयास गरे । एनजिओामा राम्रो जागिर लगाईदिने भन्दै कपडा खोल्न थालेपछि उन्ले सीधाकुराको टिमलाई सम्पर्क गरिन् र हामी होटलको कोठा भित्र पसेर यो घटनालाई बाहिरा ल्याएको हो ।होटल सञ्चालका अनुसार शम्भु खड्का भन्ने यि व्यक्ती पहिले पनि होेटलमा आईरहन्थे । प्रत्येक पटक आउदा नयां नयां केटीहरु ल्याउने गरेको होटल सञ्चालक बताउछन् । प्रहरीले शम्भु खड्का लाई आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ । शम्भु खड्का त लुब्रिकेन्स व्यापारी रहेछन् ।

यति मा होईन प्रेक्षा शर्मा भनि बनाईएको फेसवुक एकाउनट त शम्भु खड्काको गिरोहले बनाएको नक्कली एकाउन्ट रहेछ र यो एकाउन्टमा प्रनिता क्षेत्री कार्कीको फोटोको दुरुपयोग गरीएको पाएको छ ।प्रनिताले शम्भु खड्का विरुद्ध प्रहरीमा उजुरी दिईसकेकी छिन् । प्रहरीले यसरी धेरै चेलीहरुको शोषण गरेको हुनसक्ने भन्दै उनीमाथि अनुसन्धान गरिरहेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger