Latest Updates :

फेरि सारा नेपाली लाई भोकै पार्ने : आखिर किन यस्तो गर्दैछन

SHARE THIS POST :
खाना पकाउने एलपी ग्यास बजारमा ठप्प हुन थालेको छ । यसैले अभाव चुलिएको छ । एलपी ग्यास उद्योगीको आन्दोलनका कारण बजारमा ग्यासको अभाव देखिन थालेको हो । ग्यास उद्योगीले आफूहरूले घोषणा गरेर नै ग्यासको अभाव गरिएको बताएका छन्। आफूहरूको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि बजारमा ग्यास पठाउन ठप्प पार्ने चेतावनी उद्योगीहरूले दिएसँगै ग्यासको कृत्रिम अभाव हुन थालेको हो ।

गएको बिहीबार उद्योगीहरूले विभिन्न १० बुँदे माग राखेर एक साताभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका थिए। अहिले काठमाडौ उपत्यकासहित देशका प्रमुख शहरहरूमा ग्यास अभाव हुन थालेको छ। उद्योगीहरुको आन्दोललाई ग्यास बिक्रेताहरूले पनि साथ दिएपछि बिक्री वितरण कार्य प्रभावित बनेको छ।नेपाल एलपी ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिव घिमिरेले ग्यास बिक्री वितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको बताए।

सरकारले लामो समयसम्म पनि माग सुनुवाइ नगरेकाले बाध्य भएर आन्दोलनको घोषणा गर्नुपरेको उनको भनाइ छ। सरकारले माग पूरा गरे आन्दोलनका कार्यक्रम स्थगन गर्ने उनले बताए।

नेपाल एलपी ग्यास उद्योग संघले उद्योगको यर्थाथ सञ्चालन खर्च, ग्यास बिक्रेताको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी बिमा खर्च, मुनाफा तथा विक्रेता र वितरको उचित नाफा समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन गर्नु पर्ने लगायत १० बुँदे माग राखेको छ। माग पूरा नभए आगामी बिहीबारदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डरु (पीडीओ) खरिद नगर्ने संघले चेतावनी दिएको छ। यही फागुन २२ गतेदेखि आन्दोलन गर्ने घोषणासमेत गरेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger