Latest Updates :

मृतक सैनिक अर्जुन घिमिरेको घरमा पुगेर प्रधानसेनापतिले जब आमालाई सल्यूट गरे

SHARE THIS POST :
ताप्लेजुङग हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेको शोकसन्तप्त परिवारसँग प्रधानसेनापति पुर्णचन्द्र थापाले भेट गर्नुभएको छ । मृतक सैनिक घिमिरेको निवासमा पुगी प्रधानसेनापति थापाले समवेदना प्रकट गर्नुका साथै परिवारजनलाई सान्त्वना दिनुभएको थियो ।

प्रधानसेनापति जमदारको घरमा पुग्दा उहाँकी आमाले नमस्कार गर्नुभयो । प्रधानसेनापतिले आमालाई सल्यूट गर्नुभयो । आमाले केही भएपनि सान्त्वना पाएको महसुस गर्नुभएको थियो । घिमिरे मन्त्री रविन्द्र अधिकारीका अंगरक्षक हुनुहुन्छ । २०५८ सालमा सैनिक सेवामा प्रवेश गर्नुभएका उहाँ १० भदौदेखि मन्त्री अधिकारीको गार्ड कमाण्डर भएर खटिनुभएको थियो ।

२०३९ सालमा जन्मिएका घिमिरेको स्थायी घर रामेछापको साविक गुम्देल गाविस–७, हाल उमाकुण्ठ गाउँपालिका १ मा छ। उहाँले राजधानीको कीर्तिपुरमा पनि घर बनाउनुभएको छ । उहाँकी श्रीमती शैलु र १० वर्षीय छोरा असिम हुनुहुन्छ । घिमिरे केही वर्ष अघि सेनाको शान्ति मिसनमा पनि गएर सेवा गर्नुभएको थियो ।




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger