चेनको अनुहारलाई नयाँ आकार दिइयो । करिब २६ पटक शल्यक्रिया गरियो । मेल अनलाइनको एक रिपोर्ट अनुसार चेन चीनकी डोमेस्टिक एयरलाइन्समा फ्लाइट अटेन्डेन्ट थिइन् । २०१५ मेमा भएको दुर्घटनाले चेनको अनुहारमात्र बिगारेन उनको स्मरणशक्ति पनि गुम्यो । चेन लिदानलाई अब केही याद छैन । र उनी राम्रोसँग बोल्न पनि सकिनन् । आँखा पनि कमजोर भइसकेको छ ।
शल्यक्रियापछि चेनले जब आफ्नो पुरानो तस्बिर हेरिन् तब पहिलाको तुलनामा आफ्नो अनुहारमा खासै परिवर्तन नभएको बताइन्
चेनलाई दुर्घटनाको कारणबारे सटिक जानकारी छैन । रिपोर्टका अनुसार चेनले आत्महत्याको कोसिस गरेकी थिइन् । यस्तै चेनको परिवारले यस्तो मान्दैन । चेनका बुवाका अनुसार दुर्घटनाका बेला चेन र उनका प्रेमीबीच राम्रो सम्बन्ध थियो त्यसकारण उनले आत्महत्या गर्न सक्दिनन् ।
चेनको परिवार आफ्नी छारीको दुर्घटनाको कारण जान्न चाहन्छन्
Post a Comment