Latest Updates :

पुलबाट बस खस्यो : अबस्था यस्तो छ

SHARE THIS POST :
काठमाडौंबाट काँकडभिट्टा गइरहेको बस आइतबार सप्तरीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको महुली खोला पुलबाट यात्रुबस नौ फिट तल झरेको हो । ना. ६ ख ३१८९ नम्बरको फिफा डिलक्स बस पुलबाट झरेर दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

चालकसहित २४ जना सवार बस अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना भएको यात्रुृले बताए । दुर्घटनामा घाइते झापाको अनारमनी नगरपालिका–३ का ३० वर्षीय लेखनाथ ओलीको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी झापा–२ का ३३ वर्षीय अशोककुमार राजवंशी, त्यही ठाउँका ५५ वर्षीया बसमती राजबंशी र मेची नगरपालिका–१४ का ३० वर्षीय रेवती पौडेलको सिटीकेयर अस्पताल महुलीमा उपचार भइरहेको छ ।

यसैगरी बस चालक सिन्धुली तीनकन्या गाउँपालिका–३ का ३० वर्षीय टुपबहादुर आलेमगरको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ ।

दुर्घटनामा झापा सुरुङ्गा नगरपालिका–२ का ६० वर्षीया लक्ष्मी श्रेष्ठ, झापाको बिर्तामोड नगरपालिका–७ का २२ वर्षीय शैलेश आचार्य, झापाको बुद्धशान्ति गाउँपालिका–१ का ३४ वर्षीय जीवनकुमार कोइराला, झापाकै अनारमनी नगरपालिका–१ बस्ने २८ वर्षीया निर्मला श्रेष्ठ, सहचालक झापाको कमलामाई नगरपालिका–५ का ३० वर्षीय बबी बिक घाइते भएका छन् ।

अन्य घाइतेहरुमा सुनसरीको भण्टाबारी–९ का २२ वर्षीय जनत साहु, पाँचथरको फागुनन्द गाउँपालिका–५ का २७ वर्षीय सुमन चेम्जोङ, त्यही ठाउँका २७ वर्षीय बसन्त चेम्जोङ घाइते भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger