Latest Updates :

दुनियाकै ठूलो काठे घर जसलाई बनाउन मात्रै १५ वर्ष लाग्यो, भित्र गएर हेर्दा देखिन्छ पत्याउने नसकिने यस्ता चिजहरु हेर्नुहोस (भिडियो)

SHARE THIS POST :
अमेरिकामा निर्माण भएको एउटा काठे घर यतिबेला चर्चामा छ । यो घर संसारकै ठुलो एउटा काठे घर भएका कारण पनि चर्चामा छ । जसलाई ट्री हाऊसका रपमा पनि चिनिन्छ । झन्डै ९८ फुट अग्लो यो घर निर्माण गर्न १५ वर्ष लागेको जानकारहरु बताउँछन् ।

प्रकृतिको काखमा ठडिएको यो घर आसपासको सुन्दरताले जो कोही पनि मन्त्रमुग्ध त हुन्छन् नै । अझ रुखै रुखहरुको आडमा बनेको यो काठे घरमा बस्ने रहर कस्को नहोला ? हेर्नुहोस् कल्पना नै गर्न नसकिने विश्वकै यो अनौठो घर र यसभित्र रहेको रोचक तथ्यहरु भिडियोमा

अन्य समाचार

निरन्तरको हिमपातले बन्द भएको हवाई सेवा चार दिनपछि सञ्चालनमा

हुम्ला- हिमाली जिल्ला हुल्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मङ्गलबारदेखि निरन्तर हिमपात हँुदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन अस्तव्यस्त भई दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो ।

शुक्रबार विमानस्थलको हिउँ पन्छाएपछि आजदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भरेका हुन् । नेपाल एयरलाइन्सले आज नेपालगञ्जबाट हुम्लाको लागि उडान भरेको हो ।

आज निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट नेपाल खाद्य संस्थानको चामल ढुवानी गरेको सिमकोट विमानस्थलका कर्मचारी राजबहादुर बोहराले बताउनुभयो ।

जिल्लामा चार दिनसम्म हवाई उडान नहुँदा सिमकोटमा दैनिक उपभोग्य सामग्रीको समेत अभाव हुँदै आएको थियो । कुखुराको मासु, माछा, तरकारी, तेललगायत अन्य सामग्री नेपालगञ्ज र सुर्खेतबाट हुम्ला भित्रने गरेको थियो ।







SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger