Latest Updates :

बरिष्ठ पत्रकार रबि लामिछानेले गरे नया खुलासा, भनिन्छनी प्रतिक्षाको फल मिठो हुन्छ यो हेर्नुहोस

SHARE THIS POST :
नेपालको पत्रकारिता क्षेत्रमा धेरै समय बितेका र अहम भूमिका निभाएका बरिष्ठ पत्रकार रबि लामिछानेको र लोक दोहरी गायक स्कटनेपाल प्रोस्तोता नीलमणि भण्डारीको मिलन भएको छ ।

नीलमणि भण्डारी कला गलाका धनी एक कुशल गायक हुन्। उनी शारीरिक रुपमा अशक्त छन्। उनका हात खुट्टा मध्य एक हात मात्रै राम्ररी चल्छ। भोजपुरमा जन्मिएका नीलमणि भण्डारी गायक बन्ने ठुलो सपना बोकेर काठमाडौँ आएका हुन्।

उनी जन्मिएको सात महिनाको हुँदा हातमा घाउ आएको थियो। खासमा उनलाई पोलियो लागेको थियो तर उपचार गर्न अस्पताल लानु पर्ने ठाउँमा सबैको कुरा सुनेर धामी झाक्री कहाँ लगियो। झाक्रीमाथिको अन्धविश्वासले गर्दा अस्पताल लान ढिलो भएका कारण उनको शरीर नै अपाङ्ग भएको उनले बताए। यदि बिकसित ठाउँमा उनी जन्मिएका भए सायद आज अरु जस्तै सपाङ्ग हुने थिए। उनी यसलाई आफ्नो भाग्यमा लेखिएको भागभोग मानेर चित्त बुझाउने गर्छन।

रबि लामिछाने र निलमनी भण्डारीको भेट घाटमा के के भयो त विस्तृत जानकारी को लागि तलको भिडियो हेर्नुहोला र निलमनी भण्डारी को आफ्नै शब्दमा तल लेखिएको जानकारी पढ्नु होला ।

उहा भन्नु हुन्छ : आत्मा साक्षी राखी मन् वचन् र कर्मले सेवा गरौँ, मानव सेवा नै माधव सेवा हो भन्ने यो सत्य वचनलाई आत्मासाथ गर्दै हामी हातेमालो गरेर अगाडी बढीरहेका छौँ!विगतका दिनमा पाँच रुपैयाँको सिटामोल समेत् नपाएर अकालमा ज्यान गुमाउनु परेको कालिकोट बासी जनताका समाचारहरु हामी सबैले प्रसस्त मात्रामा रेडियो एफएमबाट सुनेकै हौँ, टेलिभिजनका पर्दाबाट हेरेकै हौँ, र पत्र पत्रिकामा पढेकै हौँ!

नेपालमा बेला बेलामा भईपरी आउने प्राकृतिक विपत्ति र विभिन्न भयानक रोगको शिकार बन्नुपर्दा महंगो हेलिकप्टर चार्टर गरेर काठमाण्डौ सम्म आउनुपरेको यो दर्दनाक पिडाले त झनै विक्षिप्तित् तुल्याउँछ!तीन करोड नेपाली जनताका रियल हिरो, कुशल पत्रकार,सामाजिक अभियान्ता रवि लामिछाने ज्यू को अभियानमा कालिकोटमा राष्कोट सामुदायिक अस्पताल निर्माण हुँदैछ! यो अभियानमा सघाउनुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजु भाई दिदी बहिनीहरु प्रति हृदय देखि नै मेरो कोटी कोटी नमन छ!सहयोग सानो र ठूलो भन्ने कहिल्यै हुँदैन,थोपा थोपा मिलेर नै समुन्द्र बन्दछ!

राष्कोट सामुदायिक अस्पताल निर्माणका प्रमूख अभियान्ता रवि लामिछाने ज्यू ले चाल्नुभएको यो कदमलाई होस्टेमा हैंसे गर्दै साउदी अरेवियाको All Khaldi Compani Group मा कार्यरत आदरणीय दाजु बिष्णु अधिकारी ज्यू को अभियानमा उठेको रु,५०,६५६|- पचास हजार छ सय छपन्न रुपैयाँ रकम र मेरो ब्यक्तिगत तर्फबाट रु,१०,००१|- रु,दश हजार एक रुपैयाँ गरी जम्मा ६०,६५७|- साठी हजार छ सय सन्तावन्न रुपैयाँ रकम News24″ को कार्यालयमा गएर रवि लामिछाने ज्यू लाई हस्तान्तरण गरीयो!

म माथि यति ठूलो विश्वास राखेर यो रकम पठाई दिनुभएकोमा सर्वप्रथम त आदरणीय दाई बिष्णु अधिकारी ज्यू लगायत यो अभियानमा सघाउनुहुने सम्पूर्ण साथीभाई हरु प्रति मुरी मुरी धन्यवाद ज्ञापन गर्दछु!आशा छ आगामी दिनमा हामी हातेमालो गर्दै हरेक अभियानमा सँग सँगै सहकार्य गरेर अगाडी बढ्ने छौँ! यो महान अभियानमा सघाउनुहुने महान हस्तीहरुको नामावली यस प्रकार छ:

(१)बिष्णु अधिकारी,मोरङ्ग, (२)शुकवीर राई,झापा, (३)छविलाल वराईली,मोरङ्ग, (४)मुकेश अधिकारी,मोरङ्ग, (५)मीन कुमार भण्डारी,धनकुटा, (६)बलराम परीयार,नवलपरासी, (७)रमेश राई,संखुवासभा, (८)पोषन परीयार,हेटौँडा, (९)ख्याम गौतम,मोरङ्ग, (१०)पदम कार्की,गाईघाट, (११)हरी बहादुर लामा,हेटौँडा, (१२)राजेश रामघाडे,ईलाम, (१३)लाखमान तामाङ्ग,भोजपुर, (१४)सूर्य गिरी,पोखरा, (१५)हंश लिम्बु,सुनसरी, (१६)नगेन्द्र आचार्य,मोरङ्ग, (१७)धन कुमार राई,झापा, (१८)टीकाराम खनाल,मोरङ्ग, (१९)हरीराम रम्तेल,काभ्रे, (२०)राजु धिताल,धादिङ, (२१)धनवीर तामाङ्ग,काभ्रे, (२२)हरी कार्की,झापा, (२३)रत्न तामाङ्ग,मोरङ्ग, (२४)शेर बहादुर रिजाल,चितवन, (२५)नीरज लामा,हेटौँडा, (२६)विनोद खड्का,चितवन, (२७)दिपेन्द्र कार्की,मोरङ्ग, (२८)मान बहादुर गुरुङ,चितवन, (२९)देवराज कुँवर,हेटौँडा, (३०)कुमार गुरुङ्ग,चितवन, (३१)निलमणी भण्डारी,भोजपुर।






SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger