फागुन महिनाको १६ गते १ जना, २१ गते ४ जना र २८ गते १८ जनालाई नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ । नेपाली राजदूतावासले फाल्गुन महिनामा विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उद्दार गर्ने उद्देश्यले भेटघाट गरेर जानकारी लिए को दूतावासले जनाएको छ । फाइल तस्वीर
लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या देखिने हुँदा राजदूतावासले यथाशीघ्र उद्दार गर्न जरुरी देखि दूतावासबाट एकतर्फी हवाई टिकट उपलब्ध गराए स्वदेश फर्काएको हो । अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी राख्ने दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो पनि पद्नुहोस
हत्या गरेर फालेको अवस्थामा ३५ वर्षिय पुरुषको शब फेला
प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार
गएराती बझाङ सदरमुकाम चैनपुरमा एक जनाको ढुङगाले हानेर हत्या गरिएकोे छ । सुर्मा गाँउपालिका वडा नं १ घर भएका ३५ बर्षिया धर्क बहादुर बोहरालाई मारेर फालेको अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।
सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा मृतकको शव फेला परेको हो । हत्या किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन । स्थानियले विहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक बोहराको टाउको र अनुहारमा चोट देखिएको छ । अनुहार र टाउकोमा ढुङगाले हानेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भई रहेको र थप अनुसन्धानका लागी कैलाली बाट ल्याउने काम भै रहेको डिएसपि धितालले बताए ।
Post a Comment