Latest Updates :

मान्छे जस्तै हुबहुबोल्ने, हाँस्ने, खोक्ने यस्तो अचम्मको मैना चरी जसको चर्चा दिन दिनै बढ्दो (भिडियो)

SHARE THIS POST :
तपाईहरु धेरैले मैना चरी पाल्नुभएको पनि होला अथवा कहिकतै पालेको देख्नुभएको पनि होला। मैनाचरीको बारेमा तपाईहरुलाई कतिको जानकारी छ रु मोरङका मणिहर्क राईले घरमा सुँगुर, कुखुरा र मैना चरी पनि पालेका छन। मैना नेपालमा पाइने एक किसिमको पन्छी हो । यसलाई सानैदेखि पालेर बोल्न सिकाएमा केही शब्द नक्कल गरी बोल्न सक्दछ । मानिसको झैँ बोली निकाल्न सक्ने पहेलो चुच्चो र खुट्टा भएको कालो रङको यो चरा सानो हुन्छ । मधुर बोली भएको हुनाले मैनालाई मणिहर्क राईले पालेका हुन्। आज हामी मानिसको जस्तै नक्कल गरेर बोल्न सक्ने मैना चरीको बारेमा तपाईहरुलाई देखाउन गैरहेका छौ।

मणिहर्कको घरमा स्थलगत रिपोर्टिंगको क्रममा पुग्दा उनको गेटनजिकै राखेको पिंजडाबाट बारम्बार ‘को बोलेको रु’, ‘आमा’, ‘चिनेको छैन’, ‘युनिका’ जस्ता शब्द हुबहु मानिसको जत्तिकै बोलिरहेको सुन्न सकिन्थ्यो। पिंजडामा राखेको मैना चराले घरवरपर बोलिरहने शब्द बोल्ने गरेको मणिहर्कले बताए। पिंजडामा मैना चराको लागि खाना समेत राखिएको थियो। रोचक त के थियो भने मैना चराले मानिसले जस्तै खोकीको आवाज पनि निकाल्न सक्दो रहेछ। हामी मणिहर्क राईको आविष्कारको बारेमा रिपोर्टिंग गर्ने क्रममा समेत बारम्बार मैनाले यस्तै आवाज दिइरहेको थियो।

लेटाङ नगरपालिका, मोरङका मणिहर्क राई आविष्कारकको रुपमा चिरपरिचित छन । उनले काठको साइकल, धान पेल्ने मेसिन लगायत थुप्रै आविष्कार गरिसकेका छन। केहि समय अघि मात्रै उनले धान झार्ने मेसिनको आविस्कार गरेका थिए। कम जनसंख्या लागोस् भनेर उनले धान झार्ने मेसिन बनाएका हुन। घण्टामा एक कठ्ठाको धान यस मेसिनले झार्छ। पराल नकुड्किने कारण यो धान झार्ने मेसिन एकदम लाभदायी रहेको उनी बताउछन।

उनले आगो फुक्न झन्झट नहोस भनेर आगो फुक्ने मेसिनको निर्माण समेत गरेका छन। काठको साइकल बनाएबापत तत्कालिन राजा बिरेन्द्र बिर बिक्रम शाह मार्फत पुरस्कार स्वरुप उनले नगद २५०० सम्मान समेत पाएका थिए। सम्मान स्वरूप पाएको नगदमा आफ्नो निजि पैसा २००० थपेर उनले आफ्नै घरको पारि पट्टि ६ कठ्ठा जग्गा किनेको र अहिले त्यसको मुल्य ९० लाख भएको उनले बताए। आफु जिउदो छउन्जेल उनले काठको साइकल र त्यो जग्गा नमास्ने उनि प्रण गर्छन ।दर्शक बृन्दहरु मणिहर्क राईले जीवनमा गरेका मिहेनत र लगनशीलता तपाईहरुलाई कस्तो लाग्यो रु साथै मैना चरी यसरी बोलेको देख्नुभएको थियो|

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger