Latest Updates :

त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा फेरी भयो अर्को काण्ड

SHARE THIS POST :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाइ कर्मचारीले तलब नपाएपछि आन्दोलन थालेका छन्।उनीहरूले बुधबार बिहान २ घन्टा विमानस्थलभित्रको सरसफाइ रोकेका छन्।नागरिक उड्ययन प्राधिकरणका अधिकारीसँगको बैठकपछि उनीहरू काममा त फर्किए का छन्।

त्रिभुवन विमानस्थलको सरसरफाइको जिम्मा निजी कम्पनीलाई दिइएको छ। जसले २१ घन्टा विमानस्थलको सफाइ गर्न विभिन्न सिफ्टमा कर्मचारी पठाउँछ। टेन्डरमार्फत् गत वर्ष इन्नोभेटिभ एचआर सोलुसनले सरसफाइ गर्ने जिम्मा पाएको थियो। इन्नोभेटिभले विमानस्थलको सरसफाइका लागि दैनिक १८० जना कर्मचारी पठाउने गरेको छ।

सफाइ कर्मचारीको तलबका लागि मासिक झन्डै तीस लाख रूपैयाँ प्राधिकरणले इन्नोभेटिभलाई दिन्थ्यो।ऊसँगको सम्झौता गत महिना सकिएको छ।

नागरिक उड्ययन प्राधिकरणले सम्झौता नवीकरण गरेको छैन।ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ मजदुर एसोसिएसनका अध्य क्ष सुमन पराजुलीले कर्मचारीले माघ महिनाको तलब नपाएकाले काम रोकेको बताए।

‘आज बिहान हामीले २ घन्टा काम रोकेका थियौं,’ पराजुलीले भने।विमानस्थल प्रशासनका अनुसार भने नयाँ तलब निकासा गर्न प्राधिकरणको बोर्ड बैठक बस्न नसकेकाले सम स्या भएको हो।

प्राधिकरणको बोर्ड अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हुन्छन्।पर्यटन मन्त्री रवीन्द्र अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।‘मन्त्रीज्यु नहुँदा समस्या भएको हो।

तर हामी १/२ दिनमै समधान निकाल्छौं,’ विमानस्थ ल प्रमुख राजकुमार श्रेष्ठले भने।मजदुर एसोसिएनका अध्यक्ष पराजुलीले प्रशासनले फागुन २४ गतेभित्र कर्मचारीको तलब दिने सहमतिपछि काममा फर्किएकाले सहमति कार्यान्वयन नभए फेरि काम रोकिने बताए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger