सबैको आशा र बिश्वासको धरोहर शिशिर राकेश योगी बसेको कोठा काठमाडौंको बुढानिलकण्ठमा पुग्ने बित्तिकै कारुणिक दृश्य देखियो । अक्सिजनको पाईप नाममा लाएर आफ्ना ३ छोरा छोरी च्यापेर बसेका योगी रुदै शिशिरलाई अँगाल्न आए । आँशुको धारा बगाउँदै भने, म मर्दैछु मेरो छोरा छोरीको जिम्मा लिईदिनुस ।
त्यो देखेर शिशिर नकै भावुक बने । कलिला नानी बाबुहरुको आफ्नो बाबा स्वस्थ भएको हेर्ने सपना शिशिरले पुरा गर्ने अठोट लिए र ५० हजार माथिको सहयोग बुझाए । साथै शिशिरले आफ्नो कोठा भाडा तिर्न राखेको पैसाले राकेश योगीको छोराछोरीहरुको १ बर्षको स्कुल फि पनि तिर्दिए|
Post a Comment