सडकमा बसेर मापसे गरिरहने प्रहरीले दर्घटनाको अर्को कारण लागुपदार्थ सेवन हुनसक्ने भन्दै यस्तो परिक्षण गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख विरेन्द्र बस्यालले जानकारी दिनुभयो ।
प्रहरीले परिक्षणका क्रममा केहि सवारी चालकले गाँजा खाएर नै सवारी चलाएको भेट्टाएको थियो । केहि व्यक्तिले लागुपदार्थ प्रयोगकर्ता भएको तर तक्काल नखाएको भेटेको छ भने केहि चालकले लागुपदार्थ नखाएको पाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम रानाले बताउनुभयो । लागुपदार्थ सेवन गरेका चालकलाई कानुन अनुसारको कारबाही गरिने उहाँको भनाई छ ।
Post a Comment