Latest Updates :

१० करोड ठगेकी भनिएकी महिला मिडियामा, पुर्व श्रीमानले मुख खोले ! वास्तबिक कुरा यस्तो रहेछ (भिडियो)

SHARE THIS POST :
पोखरामा करीब १० करोड ठगेर फरार भएकी भनिएकी जसुदा पौडेल अन्ततः मिडियामा आएकी छन् । उनीसंगै हामीले उनका पुर्व पति सुरेन्द्रमणी पौडेललाई पनि यो विषयमा कुराकानीका लागि ल्याएका छौँ । उनिहरुका अनुसार आफुहरुको बिचमा कसैले खेल खेलेर मिडियामा यी कुरा ल्याएको बताएका छन् ।

जसुदाले व्यवहार नबिग्रिएको र आफ्नो सम्पति बेचेरपनि ऋण तिर्न सक्ने हैसियत रहेको बताएकी छन् भने सुरेन्द्रले पनि व्यवहार बिग्रएको विषयमा मिडियामा आए जस्तो नभएको बताएका छन् । यद्यपी दुवै जनाले मिडियामा अनावश्यक कुरा आएको प्रष्ट पारेका छन् । यतिसम्मकी जसुधाले मिडियामा आएका व्यक्तिको नाम नै नमिलेको र फसाउन यो समाचार मिडियामा आएको बताएकी छन् ।

उनिहरुको केहि समय पहिले अदालत बाटै सम्बन्ध विच्छेद भएको हो । सम्बन्ध विच्छेद पछि उनिहरुको अहिले आर्थिक कारोबार मिलाउने विषयमा विवाद बढेको छ । सुरेन्द्रले आफ्नो पछाडी जसुधाले गरेका व्यवहारमा केहि गर्न नसक्ने तर आफु धन जवानी बसेको कारोबार मिलाउने दायीत्वबाट नपन्छने बताएका छन् भने जसुधाले आफुलाई यातना दिएर घर निकालेर योजनाबद्ध यस्तो गरिएकाले अब आफुले व्यवहार मिलाउन नसक्ने भन्दै सबै व्यवहार सुरेन्द्रले मिलाईदिनुपर्ने बताएकी छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger