Latest Updates :

श्रीमान बितेको ५ दिन नबित्दै रबिन्द्र पत्निले गरिन यस्तो घोषणा

SHARE THIS POST :
ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकी पत्नि विद्या भट्टराई सक्रिय राजनीतिमा आउँने भएकी छन् ।राजनीतिक पृष्ठभूमिकी भट्टराईलाई सत्तारुढ नेकपाले सक्रिय राजनीतिमा ल्याउने भएको हो ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईकी बहिनी विद्यासँग रवीन्द्रको तत्कालिन माले नकिट अखिलको अध्यक्ष हुँदा विवाह भएको थियो । त्यतिबेला विद्या अखिलकी सचिव थिइन् । विवाहपछि विद्याले दुईमध्ये एक जना राजनीतिमा सक्रिय हुने भन्दै श्रीमानलाई राजनीतिमा लाग्न प्रेरित गरेका छन् । रवीन्द्रको सफलतामा विद्याको त्याग र सहयोगको महत्वपूर्ण हात थियो ।

विद्याका समकक्षी र कतिपय जुनियर विद्यार्थी नेतृहरु समेत सांसद र मन्त्री भइसकेका छन् ।उनी भने सक्रिय राजनीतिबाट ओझेल परेपछि अध्ययन र प्राज्ञिक कार्यमा सक्रिय भइन् । हाल प्राध्यापनमा सक्रिय भट्टराईलाई नेकपाले रवीन्द्रले गत संसदीय निर्वाचनमा जितेको कास्की–२ बाट उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ । ‘उहाँ पार्टीकी नेतृ पनि हुनुहुन्छ’, नेकपाका एक नेताले काठमाण्डुटुडेसँग भने, ‘उपनिर्वाचनमा उम्मेदवार बनाउने कि भनेर नेताहरुका बीचमा अनौपचारिक कुराकानी सुरु भएको छ ।

पार्टीका धेरै कार्यकर्ता पनि रवीन्द्रले थालेका अधुरो काम पूरा गर्न पनि विद्यालाई सक्रिय राजनीतिमा आउने वातावरण बनाइदिन नेतृत्वलाई आग्रह गर्न थालेका छन् । ‘भर्खरै घटना भएको छ । काजकिरिया पनि सकिएको छैन । यति नै बेला उत्तराधिकारी घोषणा गर्दा राम्रो सन्देश जाँदैन’, ती नेताले भने, ‘सबै कुरा सामान्य हुँदै गएपछि उपयुक्त समयमा पार्टीले निर्णय गर्छ ।’ अधिकारीले कास्की–२ बाट तीनपटक लगातार चुनाव जितेका थिए । उनले यसअघि ०६४ र ०६० को संविधानसभामा लगातार जितेका थिए ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger