Latest Updates :

कस्तो अचम्म ! जिउँदो छु भन्दाभन्दै पोष्टमार्टम गर्न लगियो (भिडियोसहित)

SHARE THIS POST :
 आफ्नो फुपाद्वारा हत्या गरिएको लक्षण शिवाकोटीको न्यायको लागि इलाका प्रहरी कार्यालय अगाडी २०७४ सालको कार्तिक १० गते शुक्रबारको दिन आन्दोलन भइरहेको देखेर मणि नेपाली पनि त्यतै तिर लागे। उनलाई के थाहा र त्यो आन्दोलनमा उनको यमराज पनि थियो भनेर। साथीको लहैलहैमा लागेर उनी आन्दोलनकर्तासँग मिसिए। भइरहेको आन्दोलनमा सामेल मणि नेपालीले पनि एक दुई ढुंगा टिपेर प्रहरीलाई ताकेर हानी हाले। प्रतिकारमा प्रहरीले पनि गोली हान्यो। गोलीले उनको करङ छेडेर पेटमा पुग्यो ।

गोलि लगेपछि बन्दकर्ताले उनलाई घिसार्दै सुरक्षित स्थानतिर लैजाँदै गर्दा प्रहरीले तानेर लछारपछार गर्दै मुखमा बुटले कुल्चेको उनि बताउछन। उनी गोलि लागिसकेपछि पनि होसमा नै थिए। उनलाई घिसार्दै लागे पछि प्रहरीले उनलाई बाटोमा समेत कुटेको उनको भनाई रहेको छ।

आफु जिउदै छु भन्दै भन्दै पनि प्रहरीले आफुलाई अर्को शव सँगै पोष्टमार्टम गर्न लागेको उनको दावी छ। उनले म मरेको छैन जिउदै छु भन्दा भन्दै पनि प्रहरीले केहि वास्ता नगरेको उनको गुनासो छ। उनलाई पोस्टमार्टम गर्न लैजाँदै गर्दा आफुसँगै लगेको अर्को शवले थिच्दा उनले मलाई गार्हो भयो शव निकल्दिनु भन्दा समेत प्रहरीले वास्ता नगरेको उनी बताउछन्।

पोस्टमार्टम गर्नै लाग्दा डाक्टरले जिउदै भएकोले नाम थर सोध्यो। कुराकानी कै क्रममा उनले डाक्टरलाई आफ्नो घरमा फोन गर्दिन आग्रह गर्दै उनको खल्तीमा भएको फोन दिए। प्रहरीले फोन पनि जफत गरेर घरमा खबर नगरिदिएको उनको भनाई छ।

उनलाई आइसीयुमा अप्रेसनको लागि राखियो। अप्रेसन गर्ने भने पछि भने उनी बेहोस भए। त्यसपछि उनी एकै चोटी २४ घण्टा पछि होसमा आए। उपचारको क्रममा उनी निउरो अस्पतालमा पनि बसे। उनको पेटमा अप्रेसन गरेर तिघ्राको मासु हालिएको छ। अब छिट्टै तिघ्राको मासु निकाल्न जानु पर्ने उनले बताए। गोलि लागेको घटना देखि अहिले सम्म पनि उनको एउटा हात चल्दैन। अरु सामान्य व्यक्ति जस्तै उनी हिडडुल गर्न भने मज्जाले सक्छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger