Latest Updates :

डाक्टरले आफ्नै श्रीमतीलाई निर्घात कुटेपछि…

SHARE THIS POST :
 वीरगञ्जमा एक चिकित्सकले जेठी श्रीमतीलाई मरणासन्न हुने गरी कुटेका छन् ।

नारायाणी उपक्षेत्रिय अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवमाथि जेठी श्रीमती ४५ बर्षीया सुनिता यादवमाथि निर्घात कुटपीट गरेको आरोप लागेको हो । उनी डा. एसएन यादव नामले परिचित छन् ।

बुधबार राति डा. यादवले वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जमा सुनितालाई निर्घात कुटपिट गरेको दाबी माइती पक्षले गरेका छन् । त्यसको जानकारी माइती पक्षले बिहीबार मात्रै पाएका थिए । लगतै अचेत अवस्थामा उद्धार गरेर उपचारका लागि गण्डक अस्पतालमा पुर्‍याएका छन् । उनको अहिले गण्डक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

१७/१८ वर्ष अघि बिहे गरेकी जेठी श्रीमतीबाट सन्तान नभएपछि यादवले केहि वर्षअघि दोस्रो विवाह गरेका थिए । माइती पक्षका नुसार बहुविवाह गरेपछि जेठी श्रीमतस्लाई राम्रोसँग पालन पोषण गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।

तर, सम्बन्ध राम्रो हुन सकेन । घर छोडेर जान दबाव दिँदै आफ्नी बहिनीलाई यातना दिएको सुनिताका ठूलो बुवाको छोरा पूर्वसांसद जय प्रकाश यादव बताउँछन् ।

‘पहिले पारिवारिक सम्बन्ध राम्रै थियो । दोस्रो बिहेपछि पारिवारिक तनाव उत्पन्न भएको हो’ उनले भने, ‘उनले सुनिताको नागरिकता समेत बनाइदिएका छैनन् ।’

सुनितालाई अंश दिनुपर्छ भनेर डा यादवले पुख्र्यौली सम्पत्ति मध्ये १० धुर मात्रै आफ्नो नाममा राखेको सुनिताका ठूलो बुवाको छोरा आनन्द प्रसाद यादवको छ ।

डा यादवलाई कारबाहीको माग गर्दै सुनिताको माइलो भाइ मनोहरप्रसाद यादवले प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले सुनिता यादवको माइती पक्षले घाउ जाँचको उजुरी दिएको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘उहाँको शरीरमा चोट पटक निलडाम देखिएको छ । के कारणले त्यसो भएको हो भन्ने बारे अनुसन्धान भइरहेको छ’ उनले भने ‘उहाँ एक्लै बोलिरहनु भएको छ र मानसिक अवस्था कमजोर हो कि के हो यसै भन्न सकिन्न । ’

डा यादव भने श्रीमतीबारे बाहिरबाट जानकारी पाएपछि के भएको रहेछ भनेर बुझ्न प्रहरी कार्यालयमा आएको प्रहरी उपरीक्षक ढकालको भनाइ छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger