सबैभन्दा पहिले चर्चा गर्ने छौं रुसको मिलिट्री ट्रेनिंगको। रुसमा जवानहरुका आत्मविश्वास बढाउनको लागि एक खास प्रकारको ट्रेनिंग दिईन्छ। जवानहरुले आफ्नो छातीमा गोली थाप्नु पर्ने हुन्छ। यस समय थुप्रै जवानहरु घायल पनि हुन्छन। भित्र बुलेटप्रुफ ज्याकेट भए तापनि कमजोर मुटु भएकाहरुका लागि यो अभ्यास सजिलो भने छैन।
यूरोपको बेलारुसमा जवानहरु मिलिट्री ट्रेनिंगको समयमा दनदनी बलेको आगोमाथिको डोरी या चेनमा हिड्नु पर्दछ। यति मात्र नभई तलबाट गोली पनि चलिरहन्छ, जसबाट बचेर डोरी या चेनमा हिडेर पार गर्नु पर्छ।
दक्षिण कोरिया र चीन जस्ता देशहरुमा कति ठण्डी हुन्छ, त्यो त तपाईलाई थाहै होला। यस्तोमा ती देशहरुमा मिलिट्री ट्रेनिंगको समयमा जवानहरु हिउमा कुस्ती खेल्नु पर्ने हुन्छ। यहाँ तापमान माइनस तीस डिग्री भन्दा पनि तल पुग्छ।
अमेरिकी नौसेनामा जवानहरु पानी मुनि सिधा उभिएर बस्नु पर्दछ। तस्बिरमा तपाईले देख्न सक्नुहुन्छ, जवानहरुका हात र खुट्टा बाँधिएको छ। यो ट्रेनिंग उनीहरुले पाँच देखि दश पटक सम्म अनिवार्य गर्नु पर्दछ । जुन पूलमा उनीहरुलाई हात-खुट्टा बाँधिई हालिन्छ त्यो नौ फिट गहिरो हुन्छ।
फिलिपिन्सको नौसेनाको ‘हिल वीक’, एक यस्तो साता हो जसमा जवानहरुले दिन र रात मिलाएर जम्मा १ घण्टा मात्र सुत्न पाउँछन्। यसको साथै उनीहरुले लगातार ट्रेनिंग गर्नु पर्दछ। यसमा टार्गेट शूटिंग, छ-माइलसम्मको दौड र १८ माइलसम्म स्वीमिंग आदि पर्दछ।
युएस मरिनको ट्रेनिंग, जवानहरुलाई थाइल्याण्डका जंगलहरूमा लगी ११ एघार दिनसम्म कठिन ट्रेनिंग गर्नु पर्दछ । उनीहरुले कोब्राको रगत पिउनु पर्छ, बिच्छी खानु पर्दछ।
सर्फ कन्डिसनिंग, नेभी सिलको एक यस्तो ट्रेनिंग जहाँ जवानहरु एक-अर्काको पाखुरा समाई समुन्द्रको किनारामा लहरै सुत्नु पर्दछ। यस समयमा समुन्द्री छाल, मानिसहरुका आवतजावत, जनावरहरुलाई पूर्णतया: बेवास्ता गरी नचलमलाई बस्नु पर्ने हुन्छ।
ताइवान मरिनमा ट्रेनिंगको ९ हप्ताको समयलाई धेरै महत्वपूर्ण मानिन्छ। जवानहरुलाई एम्फिबियस ट्रेनिंगको समयमा ढुङ्गाले भरिएको पचास मिटरको बाटोमा अर्ध-नग्न भई हात पछाडी राखेर छातीको सहारामा घिस्रेर हिड्नुपर्छ।
Post a Comment