Latest Updates :

भारतको काश्मिरमा दोहोरो भिड्न्त, फेरि मारिए चार भारतीय सैनिक

SHARE THIS POST :
भारत प्रशासित जम्मु काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् । यो गोलाबारी अहिलेपनि जारी रहेको बीबीसीले जनाएको छ । प्रहरी प्रवक्ता मनोजकुमारका अनुसार विस्तृत घटनाक्रम आउन अझै समय लाग्नेछ । प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीले उग्रवादी लुकेको सूचना पाएपछि संयुक्त अपरेशन शुरु गरेको थियो ।

सेनाले अपरेशन शुरु गरेपछि उग्रवादीका तर्फबाट भएको गोली प्रहारमा भारतीय सेना मारिएका हुन् । केही दिन अघि मात्रै सोही क्षेत्र नजिक ४६ जना भारतीय सैनिक मारिएका थिए । -बीबीसी

यो पनि पद्नुहोस

श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’ भनेर फोन राखेका श्रीमान वाकस्म आए, श्रीमती मुर्छा परिन गाउँ पुरै सोकमा

गुल्मी– श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’, भनेका ३० गायक समेत रहेका वर्षीय अमर जिसीको मंगलबार घरमा वाकसमा शव आउँदा उनका परिवारसहित सिंगो शोकमग्न बन्यो ।

धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे १, वर्दवासका अमर जिसीको ४३ दिन अघि साउदी अरवमा मृत्यु भएको थियो । साउदी अरब पुगेको एक वर्ष नपुग्दै उनको मृत्यु भएको हो । ‘मृत्यु हुनु दुई साताअघि मात्रै उनले स्वास्थ्य ठीक हुँदै गएकाले छिट्टै फर्कने बताएका थिए’, श्रीमती सरस्वता घर्तीले भक्कानिदै बताइन् ।

लोकगायनका साथै अमर मोडलिङ्ग क्षेत्रमा समेत सक्रिय रहेका थिए । कमाएर सांगितिक क्षेत्रमा स्थापित हुन कै लागि उनी वैदेशिक रोजगारमा गएको बताइएको छ ।

उनले अन्तिम एल्वमको नाम नै ‘अन्तिम सम्झना’ राखेका थिए । दुर्भाग्य, उनको वास्तविक जीवनमा नै त्यस्तै भयो ।

जिसीले मृत्युको अघिल्लो दिन पनि श्रीमतीलाई ‘भ्वाईस म्यासेज मार्फत मलाई ठिक भइसक्यो, भोलि आँखाको अप्रेशन गर्न डाक्टरले बोलाएका छन्, केहि पिर नगुर्न’ भन्दै सन्तवाना दिएका थिए । छोरा छोरीलाई कुनै कुरामा दुख नदिनु, तिमीले पनि धेरै दुख नकाट्नु, पैसा पठाइहाल्छु र धेरै बस्दिन अव छिट्टै आउँछु भन्दै श्रीमतिलाई मिठा सपना देखाउँदै आएका जिसीको ४३ दिन अघिको पछिल्लो १२ घण्टा पछि सधैका लागि फोन स्वीचअफ भयो ।

मृत्युको अघिल्लो दिन साँझसम्म फेसवुक लाईभमा उनले गीत समेत आफ्ना दर्शक श्रोतालाई छाडेर गएका छन् । जिसी अमर कसैको आँखामा नबिझाउने मिलनसार थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger