Latest Updates :

गाँजा खान सुनसान घरमा गएका व्यक्तिहरुको भित्रको दृष्य देख्दा उड्यो होस् ! आखिर के थियो त्यो घरमा ?

SHARE THIS POST :
गाँजा खान साथीहरु लिएर एउटा सुनसान घरमा गएका एक व्यक्ति त्यो घर भित्रको दृष्य देखेर चकित भएका छन् ।

एकान्त ठाउँ रोजेर गाँजा तान्न गएका उनीहरु भित्र बसेर गाँजा तान्दै थिए । गाँजाको नशामा रहेका ती व्यक्तिहरु त्यो घरभित्रको दृष्य देखेर आत्तिएर भाँगे । यो घटना अमेरिकाको हो ।

यस्तो अनौठो घटना देखेपछि प्रहरीलाई खबर गरे तर उनीहरुको कुरामा प्रहरीले पनि विश्वास गरेन् । गाँजाको नशामा भएको कारण प्रहरीले ती व्यक्तिहरुको कुरालाई विश्वास गरेन् ।

तर घटना भने यथार्थ थियो । गाँजा पिउदै बसेका व्यक्तिहरुले नजिकै रहेको ग्यारेजबाट केही आवाज आएको जस्तै सुने । आवाज का बाट आएको रैछ भन्ने जान्नको लागि त्यो घरको यताउता ढुले । त्यहाँ पुग्दा उनीहरुले एउटा पिंजडा भित्र बाघ रहेको देखे ।

त्यसपछि लगतै प्रहरीलाई खबर गरे । त्यसपछि घटना स्थलमा प्रहरी पुग्यो । प्रहरीहरु पिंजडामा रहेको बाघ देखेपछि आश्चर्य चकित भए । बाघको वरिपरि केही मासुको प्याक पनि थियो ।

त्यो घरमा कोही मानिसहरु बस्दैनथे । त्यसकारण यस्तो कुरा थाहा नभएको हो । बाघ निकै शान्त स्वभावको भएको कारण प्रहरीले बाघलाई डार्ट गेर बेहोस बनाई टेक्सासको एक चिडिया खानमा स्थानान्तरण गरियो । करिब ४५० किलो तौल भएको त्यो पोथी बाघ अहिले टेक्सासको चिडिया घरमा सुरक्षित रहेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger