Latest Updates :

पशुपति शर्माको गीतबारे सांसद बीचमा भयो यस्तो खैला बैला , पशुपति शर्मालाइ पुरस्कृत गरिने (भिडियो सहित)

SHARE THIS POST :
गायक पशुपति शर्माले गीत ‘लुट्न सके लुट’ गीत आपत्तिजनक नभएको बताएका छन् । फोन संवादमा पशुपतिले गीत ‘व्यंग्य’ भनेर प्रस्ट लेख्दा पनि यसको बिरोध भएको बताए । गीत हटाउन युवा महासंघका कार्यकर्ताले दबाब दिएको उनले बताए ।‘उहाँहरुले गीतको आपत्तिजनक भएको भन्नुभयो,’ शर्माले भने, ‘अफ्ठेरो होला भनेर मैले हटाएँ ।’तर, शर्मा गीत व्यंग्यात्मक र बिम्बको प्रयोग गरेर रचना गरिएको बताउछन् । ‘राष्ट्रपति ज्यूको गाडीको लाइन रच्दा मैले आमालाई बच्चाले पिराएको जस्तो हुने गरी लेखेको थिएँ,’ उनले भने । उनले थपे,‘विकास नहुने विषयमा ‘यमराजको शासन’ भन्ने शब्द बिम्बात्मक थियो ।

उनले प्रस्ट्याए, ‘मैले कार्यकर्तालाई कुकुर भनेको होइन्, कुकुर बानी मालिकले भनेको मान्ने हुन्छ, हामी सचेत छौ, सहीलाई सही गलतलाई गलत भन्न कार्यकर्ताले सक्नुपर्छ मात्र भनेको हुँ ।’ पशुपति शर्माले गाएको गीत ‘लुट्न सके लुट’ मा उनी आफै फिचर्ड छन् । उनले यो गीत आफ्नो च्यानलबाट सार्वजनिक गर्दा यो गीत व्यंग्य भएको प्रस्ट लेखेका थिए । गएको बिहीबार अपलोड भएको गीत सनिबार साँझ उनले फेसबुकमा स्टेटस लेखेर हटाएका थिए । उनको च्यानलबाट गीत हटेको भएपनि अरु नागरिकले यो गीत फेरी युट्युबमा अपलोड गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger