Latest Updates :

२९ वर्षीय दलित युवा सिडिओ बने : नेपालकै कान्छा सिडिओ

SHARE THIS POST :
 जाजरकोटका दलित युवा २९ वर्षीय सुरेश सुनार प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् ।
सुनारलाई गत साता सरकारले बझाङको सिडिओ बनाएर पठाएको हो । सुनार यसअघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । ६ वर्षअघि शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका उनले गत वर्ष लोकसेवा आयोगको परीक्षामा उपसचिवमा नाम निकालेका थिए । उपसचिव भएलगत्तै उनी बाँकेको सहायक प्रजिअ भए । सुनार नेपालकै सबैभन्दा कान्छा उमेरका प्रमुख जिल्ला अधिकारी हुन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger