तर, विराटनगर महानगरपालिका–१०, सन्निहाटमा सोमबार बिहान अनौठो दृश्य देखियो । एक महिलाका पूर्व र हालका पतिबीच १० मिनेटसम्म मुक्कामुक्की चलेको छ । जसका कारण सडक नै अवरुद्ध हुन पुगेको छ ।
स्थानीय कमलवति कार्कीको २०६० सालमा वसन्तकुमार श्रेष्ठसँग प्रेम विवाह भएको थियो । १५ वर्षसम्म दाम्पत्य जीवन बिताएका दुवै एक महिनाअघि मात्र पारपाचुके भएको थियो । त्यसपछि कमलावतिले स्थानीय कमल खत्रीसँग बिहे गरिन् ।
विराटनगर महानगर–१० सन्निहाटमा बिहान एउटा चिया पसलमा वसन्त र कमलको जम्काभेट भयो । भेट हुनेवित्तिकै श्रीमतीको विषयलाई लिएर दुवैबीच मुक्का हानाहान सुरु भइहाल्यो । सुरुमा वसन्तले कमल खत्रीमाथि मुक्का हानेका थिए । त्यसपछि कमलले पनि वसन्तलाई हातपात गरेका थिए । दुवैबीच १० मिनेटसम्म मल्लयुद्ध चल्दा स्थानीय सन्निहाट सडकखण्ड नै अवरुद्ध हुन पुगेको थियो ।
वसन्त र कमलबीचको फाइट हेर्न रमितेको भीड लागेको थियो । वरिपरि भीड जम्मा भए पनि दुवै आपसमा कुटाकुट गरिरहेका थिए । पछि स्थानीय प्रहरी आएर कुटाकुट साम्य पारेको थियो ।
Post a Comment