Latest Updates :

एक जनाको ज्यान जाने गरी नख्खुस्थित एनसेल मुख्यालयमा बम बिस्फोट गराउने मुख्य योजनाकार पक्राउ !

SHARE THIS POST :
ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोटको योजना बनाउने मुख्य योजनाकार पक्राउ परेका छन् ।

बम विस्फोटका मुख्य योजनाकार नुवाकोटका सूर्य भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।

नुवाकोटको तारकेश्वर गाउँपालिका स्थायी घर भइ काठमाडौंमा बस्दै आएका उनलाई आफन्तको बिहेमा सहभागि भएको अवस्थामा कलंकीबाट पक्राउ गरिएको बताइएकाे छ ।

महानगरीय अपराध महाशाखा स्रोतका अनुसार नख्खु बम विस्फोटको घटनामा उनको संलग्नता रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

महाशाखाको टोलीले अभियुक्त भुजेललाई मंगलबार नै महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाएको छ ।

उनी नेकपा महासचिव नेत्रविक्रम चन्द नेतृत्व पार्टीको युवा संगठनमा आवद्ध छन् । घटनामा आफ्नो पार्टीको संलग्नता रहेको यसअघि नै विप्लव नेतृत्वको नेकपाले बताइसकेको छ भने सरकारले पनि सो घटनामा विप्लवकै संलग्नता रहेको बताएको थियो ।

विगतमा तत्कालीन माओवादी केन्द्रमा आवद्ध उनी केही वर्षयता विप्लवको पार्टीमा सक्रिय रहेको बताइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger