हेलिकोप्टर ताप्लेजुङको पाथीभारास्थित दुर्घटनामा परेको हो । होलिकोप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए । एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको हो ।
पर्यटनमन्त्रीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा समेत दुर्घटनामा परेका छन् । हेलिकोप्टर तेह्रथुमको चुहान डाँडाँमा अवतरणका लागि गएको थियो । गृहसचिव प्रेमकुमार राईका अनुसार उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट आजै उडेको थियो। उद्दारका लागि जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
Post a Comment