Latest Updates :

भारतको दादागिरी २४ घण्टा पनि टिक्न दिएन पाकिस्तानले : पाकिस्तानी सेनाले दुई भारतीय विमान खसाल्यो, एक पाइलट पक्राउ

SHARE THIS POST :
नियन्त्रण रेखा (एलओसी) पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । एक पाइलट पनि पक्राउ परेको उसले बताएको छ ।

मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि दुई देशको तनाव बढ्दो छ । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । तर, भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो । त्यसको भोलिपल्ट पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको दाबी गरेको हो ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए।पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन्। सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेका जहाज खसालिएको उनको दाबी छ।

पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको जहाजबाट एक पाइलटलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको उनले जनाएका छन्। भारतीय भूमिमा खसेको जहाजका पाइलट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मंगलबार भारतीय वायुसेवाले पाकिस्तानमा बम खसालेपछि दुई देशबीच तनाव बढेको छ ।





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger