Latest Updates :

नेपाली नायिकाको फेरी अर्काे यस्तो धमाकेदार बलिउड भिडियो गीत आयो (भिडियो सहित)

SHARE THIS POST :
नेपाली सिनेमा क्षेत्रमा कृ फिल्मबाट डेब्यु गरेकी नायिका अदिती बुढाथोकीको व्यस्तता मुम्बईमा निकै छ । नेपाली पर्दामा आउनु अघि नै भारतमा चर्चित मोडलको रुपमा स्थापित भईसकेकी अदिती भारतीय सञ्चारमाध्यममा समेत समाचार बनिसकेकीछिन् । दोस्रो नेपाली फिल्मको लागि खासै इच्क्षुक नदेखिएकी उनी बलिउडका लागि पनि संर्घषरत छिन् । उनीले तेलुगु फिल्ममा पनि काम गर्ने कुरा थियो तर अहिले उक्त प्रोजेक्ट सुरु हुनै सकेको छैन ।

त्यसो त अदितीलाई बलिउड फिल्मको अफर भने नआएको होईन । उनलाई हेट स्टोरी ४ को पनि अफर आएको थियो तर फिल्म अलिक उत्तेजक , बोल्ड भएकै कारण उनले उक्त अफर रिजेक्ट गरेकी थिईन् । हालै फरहान अख्तरको वेभ सिरिज ‘इनसाइड एज २’ मा पनि अनुबन्धित भएकी अदिती म्युजिक भिडियोमा भने एक पछि अर्काे गर्दे सार्वजनिक भईरहेका छन् ।

केही हिन्दी र अधिकांश पञ्जावी गीतको म्युजिक भिडियोमा अभिनय गरिरहेकी अदितीको फेरी नयाँ भिडियो सार्वजनिक भएको छ । आशंका शर्मा , यासिर देसाईको आवाजमा रहेको “मेरी हसी बोल” को गीतमा अदिती निकै क्युट देखिएकीछिन् । यसअघि काम गरेका गीतहरु मात्र उनको अभिनय थियो तर यस भिडियोमा भने उनले लिप्सिङ पनि गरेकीछिन् जसका कारण उनको अझै धेरै अभिनय देखिएको छ । अदितीलाई यो भिडियोमा कुवर अमरले साथ दिएका छन् ।

जे होस उनी बिस्तारै बिस्तारै बलिउड निर्माता निर्देशकको आँखामा क्लिक भएकीछिन् तर हेरौँ बलिउडमा भने उनलाई कहिले लक लाग्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger