Latest Updates :

बिहान खाना खाएर बजार गए, साँझ फर्कदा चिटिक्क परेको गाउँ चिन्नै नसक्ने भईसकेछ (भिडियो)

SHARE THIS POST :

गाउँमा अधिकांश घरपरिवार रातको खानाको तयारी, बालबालिकाहरु पढ्ने तयारीमा थिए भने कार्यालय सकेर घर फर्किनेहरु थकित मुद्रामा घर जाँदै थिए । तर एक्कासि आएको आँधी तुफानले बद्लिएको गाउँमा पुग्दा अधिकांश घरपरिवार घरबारविहीन भइसकेका थिए ।फेटा गाउँपालिका वडानम्बर १, २, ३, ६ लगायतका भरवलिया, पुरेनिया, भुलुवाही टोल र कलैयामा पनि अधिकांश कच्ची तथा पक्की घरहरु समेत आँधी तुफानको शिकार भएका छन् ।

सोमबार दिउँसोबाट फेका गाउँपालिकाले चिकित्सकहरुको टोली र स्वास्थ्य सामग्रीहरु पठाउनुका साथै खानाका लागि च्युरा, दालमोटलगायतका राहत वितरण गरेको छ । आइतबार बेलुकी आएको आँधी तुफानले दर्जनौँ चौपाया, दर्जनभन्दा बढी मानवीय क्षति, ४ सय भन्दा बढी मानिस घाइते र खाद्यन्नको समेत ठूलो नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger