इन्डोनेसियाको पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । तर, डेडीले पासवर्ड दिएनन् त्यसपछि उनीहरु झगडा गर्न थाले । झगडाकै क्रममा डेडीले इल्हाममाथि कुटपिट पनि गरेको समाचारमा जनाइएको छ ।
एजेन्सीका अनुसार झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएको बिहीबार उनको निधन भयो । पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् । प्रहरीले श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइसकेको जनाएको छ ।
Post a Comment