माया नाम गरेकी ती महिला विचाराधीन मुद्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेशलाई भेट्न गएकी थिइन् । मायाले आफूसँग केही खानपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन् । जेलको गेटमा तैनाथ हेड कन्स्टेबल जीवनरामले उनको झोला चेक गरेपछि उनलाई भित्र जान दिए ।
महिला केही पर पुगेपछि जीवनरामलाई शंका भयो कि सुन्तलामा निशान किन थियो ? जीस्वनरामले तत्काल उनलाई रोके र एउटा सुन्तला छोडाएर हेरे । सुन्तलाभित्र अगरबत्तीको मोटाइको लागूपदार्थ लुकाइएको थियो । सबै सुन्तलामा प्लास्टिकले बेरेर यसैगरी लागूपदार्थ राखिएको थियो ।
सुन्तलाभित्रबाट करिब ४० ग्राम नशालु पदार्थ बरामद भएको बताइएको छ । जेल सुरक्षा प्रशासनले सबै सुन्तला जफत गरेर पुलिसलाई जिम्मा लगाएको छ ।
Post a Comment