Latest Updates :

महेशले कंगनालाई थर्काउदै चप्पल हाने भन्दै कंगनाकी बहिनीले खोलिन् यस्तो रहस्य

SHARE THIS POST :
पछिल्लो समय चर्चित हट अभिनेत्री कंगना रनौत निकै चर्चामा आएकी छिन् । अहिले सम्म थुप्रै संघर्षका सिँढी पार गरेकी अभिनेत्रि कंगना सफल अभिनेत्रीका रुपमा स्थापित भएकी छिन् । फिल्म क्षेत्रमा निकै सफलता पाएकी अभिनेत्रि कंगना भने प्रेम सम्बन्धमा भने असफल छिन् । उनी अभिनित फिल्म मणिकर्णिकाले बक्स अफिसमा धमाकेदार कमाइ गरेको थियो ।

अभिनेत्रि कंगना बेला बेलामा बिभिन्न व्यक्तिको बारेमा बोलेर विवादमा आइरहने गर्छिन् ।अभिनेत्री कंगनाले पछिल्ला केहि हप्तादेखि अभिनेत्री आलिया भट्ट, महेश भट्ट र उनकी पत्नीका बारेमा बिभिन्न प्रतिक्रिया दिइरहेकी थिइन् । यसैक्रममा कंगनाकी बहिनी रंगोली चन्देलको ट्विटरमा लेखीएको कुराले बिभिन्न कुराहरु आइरहेका छन् । ट्विटरमा रंगोली चन्देल र आलियाकी आमा सोनी राजदानबीच भएको कुराले सबैको ध्यान खिचेको छ ।

रंगोलीले ट्विटरमा लेखेकी छन्, ‘प्रिय सोनी जी, महेश भट्टले आफ्ना फिल्ममा कहिल्यै पनि कंगनालाई स्थान दिएनन् । पहिले अनुराग बसुले स्थान दिएका थिए । महेश जी क्रियटिभ निर्देशक मात्र हुन् उनी आफ्नो भाईको प्रोडक्शन हाउसमा काम गर्थै उनको आफ्नै प्रोडक्शन हाउस थिएन ।’ उनले लेखेकी छिन्, ‘कंगनाले ‘वो लम्हे’ भन्दा पछाडि ‘धोका’ मा काम गर्न इन्कार गरिदिएकी थिइन् ।’ ‘त्यसपछि महेश भट्टले कंगनालाई थर्काए । त्यसपछि उनी ‘वो लम्हे’को प्रिभ्युमा गएकी थिइन् । त्यसपछि महेशले कंगनालाई चप्पल हानेका थिए । उनलाई उनकै फिल्म हेर्न दिएको थिएन जसले उनी रातभरी रोएकी थिइन् ।’ ट्विटरमा लेखेको यो कुराले अहिले बिभिन्न प्रतिक्रिया आइरहेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger