घटनास्थलमा तत्काल प्रहरी परिचालन गरेर सतर्कता अपनाउँदै नियन्त्रणमा लिन सकिएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । प्रहरीले आगो वरपर फैलन नदिन निकै मेहनत गरेको थियो ।
‘नजिकै पेट्रोल पम्प र घरहरु रहेका कारण बसमा लगाइएको आगोका कारण ठूलै जोखिम निम्तिएको प्रहरीको भनाई छ । ‘तत्काल दमकल र प्रहरीले आगो नियन्त्रणमा लिंदै अन्यत्र फैलिएर हुन सक्ने अन्य क्षतिलाई भने रोक्न सकिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार सर्लाहीको लालबन्दी घर बताउने अन्दाजी ३० वर्षीय रामहरि माझीले बसमा आगो लगाएका हुन् । प्रहरीले माझीलाई नियन्त्रणमा लिएको छ । बसमा आगो लगाएर भाग्न लागेको अवस्थामा सिटी सफारी चालकहरुले देखेर प्रहरीलाई खबर गरेका थिए। माझी केही समयदेखि उर्लाबारीको एउटा होटलमा काम गर्दै आएको खुलेको छ।
मादक पदार्थ सेवन (मापसे) गरेर होटलबाट आइतबार साँझ निस्किएको र राति उनी त्यही बसमा गएर सुतेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। रातभर बसमा सुतेका उनले आफूसँग बोकेको लाइटरको प्रयोग गरेर बिहान बसमा आगो लगाइदिएको प्रहरीले जनाएको छ ।
रातभरी गाडीमा सुत्दा जाडो भएपछि जाडो भएको रिसमा लाइटर बालेर बसमा आगो लगाइदिएँको माझिले प्रहरी सामु बताएका छन् । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । बस कसको हो भन्ने बारे पनि खुलिसकेको छैन।
Post a Comment