Latest Updates :

रबिले भन्दा कडा बिरोध बाबुरामले गरे, “प्रचण्ड नेपालको सबैभन्दा भ्रष्ट र पाखण्डी’ (भिडियो)

SHARE THIS POST :
 प्रचण्ड नेपालको सबैभन्दा भ्रष्ट र पाखण्डी ब्यक्ति भएको अभिब्यक्ति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक समारोहमा दिएका छन् । आफू तत्कालीन माओवादी पार्टीबाट बाहिरिएपछि नयाँ सङ्गठन निर्माणको सिलसिलामा माओवादीका असन्तुष्ट कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा केही वर्षअघि बाबुरामद्वारा दिइएको भाषण यतिबेला चर्चामा छ ।

सो भाषणमा आफुले माओवादी पार्टी परित्याग गर्नुको कारण स्पष्ट गर्दै बाबुरामले भनेका छन्– ‘लडाकुहरूको नाममा राज्यबाट प्राप्त अर्बौं रुपैयाँ प्रचण्डले हामी कसैलाई जानकारी नै नदिई हिनामिना गरे । टेलिकम्युनिकेसनमा बीस अर्बको भ्रष्टाचार भएको र प्रचण्डले आफ्ना मानिसलाई सञ्चारमन्त्री बनाउनुको कारण पनि खुल्यो, पीएलको हतियार बेचेर रकम असुल्ने प्रयाससमेत प्रचण्डबाट भयो ।’ प्रचण्डको सक्कली अनुहार छर्लङ्ग बनाउने बाबुरामको अभिव्यक्ति आम जानकारीको निम्ति ‘नेपाली माया’बाट भिडियो साभारसहित यहाँ प्रस्तुत गरिएको छ–
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger