तर यो सम्बन्ध कहिलेकाही विभिन्न कारणले अपवित्र हुन्छ । आज हामी तपाईलाई एक यस्तै अनौठो विवाहको बारेमा कुरा गदै छौ । जहाँ एक नव जोडीले विवाह गरेको ३ वषपछि मात्र भेट्ने मौका पाएका छन् ।
यो घटना भारतको हो । यहाँ एक युवतीले विवाह गरेको ३ वर्षपछि मात्र आफ्नो श्रीमानलाई भेटेकी छिन् । उनलाई आफ्नै आमाबुबाले विवाहपछि घरमा कैदी बनाएर श्रीमानसँग भेट्न दिएका थिएनन् ।
महिला आयोगकी स्वाती मालिवानले दिएको जानकारी अनुसार जब महिला आयोगमा एक युवतीलाई विवाहपछि कैदी बनाएर राखेको भन्दै उजुरी पर्यो ।
त्यसपछि आयोगले श्रीमान श्रीमतीको भेट गराईदिन सफल भएको जनाएको छ । उक्त कुराको विवाहको सबै कागजपत्र भएर पनि आफ्नो श्रीमतीसँग भेट्न नपाएको भन्दै उनको श्रीमानले उजुरी दिएका थिए ।
उता पिडित युवतीको अनुसार घरमा आमाबुबाले आफ्नो श्रीमानसँग बोल्न समेत नदिने र धेरै कुट्ने गरेको बताएकी छिन् । त्यहाबाट छुट्टिएपछि हाल उनीहरु ३ वर्षपछि भेट भएर सँगै रहेका छन् । साथै उनीहरुको सुरक्षाको लागी प्रहरीलाई निवेदन दिइएको भारतीय मिडियाले जनाएका छन् ।
Post a Comment