Latest Updates :

विश्वकै ज्येष्ठ नागरिक बाटुली लामिछानेको आज ११७ औ जन्मदिन (भिडियो)

SHARE THIS POST :
विश्वकै जेठी नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली लामिछानेको आज जन्मदिन परेको छ। आइतबारदेखि उनी १ सय १७ वर्ष लागिन। विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकोमा र जन्म दिनको शुभकामना दिन बधाई दिनेहरुको शनिबारदेखि नै लामिछानेको घरमा ओइरो नै लागेको छ ।

एक सय १६ वर्षीया जापानी नागरिक केन तानाका पछि उनी संसारकै जिवित ज्येष्ठ नागरिक बनेकी हुन्। राष्ट्रिय ज्येष्ठ नागरिक कोषले शनिबार उनको घरमा पुगेर अभिनन्दन गर्नुका साथै शुभकामना र बधाई दिएको थियो। कोषबाट उनले आर्थिक सहयोग पनि प्राप्त गरेकी छिन्।

बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको नागरिकता र स्वास्थ्य परीक्षणबाट पुष्टि भएको छ । यत्ति खेर विश्वका धेरै समय बाँच्ने मानिसहरुको अग्र पंक्तिमा उभिरहेकी उनी नेपालको मात्रा नभई सिंगो विश्वको लागि गौरव पनि हो अनि मानव जात्तिको लागि एक धरोहर पनि हो ।

उनलाई राम्रोसँग सरंक्षण गर्न सके उनीबाट सिंगो विश्वले पक्कै पनि केही सिक्नेछन्, लामो समय बाँच्नका लागि केही तत्वज्ञान प्राप्त गर्नेछन् । तर दुखको कुरा के हो भने उनी विश्वको सबैभन्दा बढी उमेर भएकी वृद्धा भएपनि उनको नाम त्यो विश्व कृतिमानमा लेखिएको छैन। प्राप्त खबरअनुसार, बाटुली लामिछाने विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक रहेकोले त्यसका लागि नेपाल सरकारकातर्फबाट पहल गरिने भएको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger