Latest Updates :

घुस लिन खाता नम्बर दिएपछि डोटीका शिक्षा विकास प्रमुखलाई नेविसंघले लगायो कालो मोसो !

SHARE THIS POST :
नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमा कालो मोसो दलेका छन्। आईतवार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालो–मोसो दलेको नेपाल बिद्यार्थि संघका पुर्व आमन्त्रित केन्द्रीय सदस्य बिजय ओझाले बताए।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता,भ्रष्टाचार र कानुन विपरीत काम गरी रहेका बारेमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै घटनाबारे यथाशिघ्र छानविन गरी दोषीलाई हदैसम्मको कार्यवाहीको माग नेविसंघले ९ वुदे विज्ञप्ति समेत जारी गरेको छ।

नेविसंघका केन्द्र तथा जिल्ला नेताद्धारा जारी गरेको विज्ञप्तीमा विद्यालय भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजनाहरुमा आफन्तको माध्यमवाट १० प्रतिशत भन्दा बढी रकम कमिशन अग्रिम असुल गरी मात्र वितरण गर्ने गरेको, कमिसन नआउने योजनाहरु काम सम्पन्न हुँदा पनि समेत मुल्याँकन नगरेको, बि.व्य.स.को अधिकारभित्र रहेका करार शिक्षक नियुक्ति, अस्थायी करार शिक्षकको म्याद थप आफ्नै कार्यलयमा संञ्चालन हुने गरी कार्यविधि तयार गरेको आरोप लगाइएको छ।

यसैगरी करार शिक्षक नियुक्ति गर्दा ४ महिनाको तलव सम्म लिने गरेको, प्रश्न पत्र आउट गर्ने गरेको, अस्थायि करार शिक्षकको म्याद थप गर्दा उठाएको पैसा राजश्वमा जम्मा नगरी अनावश्यक खर्च गरेर पारदर्शि नगरेको, बढुवा हुने शिक्षकको संख्या लुकाएको र शिक्षक महासंघले आवाज उठाए पछि मात्र सार्वजनिक गरेको, यस बर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ) केन्द्राध्यक्ष छान्दा योग्यता क्षमताको कुनै वास्ता नगरी राजनिति कोटाका आधारमा गरेको, कमिसन नपाए करार शिक्षकको महिनौ दिन लिखित परिक्षाको रिजेल्ट प्रकाशन नगरेको, कमिसनको रकम उठाउनका लागि कृषि विकास वैङ्क घट्टाघर भक्तपुरको शाखामा रहेको चन्द्रमाया कोइरालाको नाममा रहेको खाता नम्वर ०२–१२३–००७५५–१८६–०१९ र राष्ट्रिय वाणिज्य वैङ्क वानेश्वरमा शाखामा रहेको अरुण पौडेलको नाममा रहेको १४२००७०१५१० खाता नम्बरहरु बिद्ययालयका प्रधानाध्यापकहरुलाई बाँडेको, विदाको दिनमा सरकारी गाडीको दुरुपयोग गरेको आरोप पनि बिज्ञप्तीमा लगाइएको छ।

यसविषयमा जिल्ला शिक्षा समन्वय विकास अधिकारी पौडेलसंग कुरा गर्न खोज्दा अहिले आफु तनावमा रहेको भन्दै पछि कुरा गर्ने बताए। प्रमूख जिल्ला अधिकारी यादब सुवेदीले भ्रष्टाचारजन्य गतिबिधिमा संलग्न कर्मचारीलाई कारबाहीका लागि कानुनी प्राबधान हुँदाहुदै कार्यकक्षमै गएर यस्तो दुब्र्यबहार गर्नु निन्दनीय रहेको बताए। साथै यसमा संलग्न ब्यक्तीहरुलाई कानुनमा भएको व्यबस्था अनुसार कारबाही गरिने पनि उनले बताए।जिल्ला शिक्षा समन्वय बिकास अधिकारी पौडेलबिरुद्ध पनि कानुनी बाटोबाट प्रमाण सहित उजुरी आए छानविन र कारबाही गरिने उनले बताए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger