प्यारासुट नखुलेपछि ६ हजार फिट माथिबाट खसेर सैनिकको मृत्यु, हेर्नुहोस् दर्दनाक भिडियो
सैन्य तालिमको क्रममा प्यारासुट नखुलेपछि एक सैनिक जवानको दर्दनाक मृत्यु भएको छ । घटनाको भिडियो सार्वजनिक भएको छ र यो भिडियो अहिले अत्याधिक भाइरल भइरहेको छ । ती प्याराट्रूपर करिब ६ हजार फिट माथिबाट विमानबाट हाम्फालेका थिए । घटना बिहीबार आगरामा मालपुरास्थित प्याराड्रपिङ जोनमा भएको बताइएको छ । अमित कुमार नामका ती सैनिक जवानलाई भुइामा खस्नासाथ तत्काल अस्पताल पुर्याइएको थियो तर उनको ज्यान बचाउन सकिएन ।
Post a Comment