राजधानीमा शक्तिशाली बम विष्फोट, १५ जनाको मृत्यु कयौं गम्भीर घाइते
भएको आशंका !! मेक्सिकोको राजधानीको एउटा रात्रि क्लबमा शनिबार भएको
आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । शनिबार भएको यस घटनामा परी
अरु तीन जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा रहेको ‘ला प्लाया’ नामक
रात्रि क्लबमा हतियारधारी व्यक्तिहरुको समूहले आक्रमण गरका बताइएको छ ।
अधिकारीहरुका अनुसार १३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अरु दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएका सवै जना पुरुष रहेका छन् भने घाइते सवै जना महिला रहेका छन् । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
रात्रि क्लबमा अज्ञात समूहले गरेको यस आक्रमणमा कैयौ पटक बन्दुक तथा ग्रिनेडसमेतको प्रयोग भएको आक्रमण भएको छ । त्यसैगरी मोन्टेरे शहरमा लागूऔषध कारोबार गर्ने एक समूह र सेनाबीच दोहोरो गोली हानाहान हुदाँ सात जना शङ्कास्पद लागूऔषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षा स्रोत पुष्टि गरेका छ । सिन्हवा
यो पनि पढ्नुहोस:- को हुन सिके राउत !! नेकपा र सिके राउत बिचको गोप्य सहमति बाहिरियो
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए। उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे। त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापान गए। जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन। भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे ।
आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको बताएका छन्। एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो। जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट भए। पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन कान्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो। ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिएका छन्।
मधेश ‘स्वतन्त्र’ पार्न गठबन्धन
सन् २००६ को अगस्तमा घर फर्कँदा मधेस आन्दोलन सुरु भएको थियो। मधेश आन्दोलनकै क्रममा उनी सहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको सार निकाल्दै ‘मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स् फर् राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ् मधेश (ARIM) को स्थापना गर्यो।
ARIM को मूल नारा ‘नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समोचित अधिकार र मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ थियो। यसको आफ्नै झन्डामात्र थिएन, मधेशको प्रस्तावित राष्ट्रगान पनि उनी आफैले तयार पारे। एरिमलाई संगठित गर्दै मूलधारका मधेशवादी नेताहरूसँग पनि सम्पर्क गर्दै आफ्नो एजेन्डा अगाडि बढाउन उनले आग्रह गर्न थाले।
विवश्वान कुमार, आजाद र ईंजोड आदि छद्मनामबाट उनले लेखहरु लेख्न थाले। कम्प्युटर इन्जिनियरिङ पढेका र ह्याकिङ जानेका उनले स्पाइडर प्रोग्रामै तयार पारी नेपालसँग सम्बन्धित वेबसाइटहरूबाट लक्षित समूहका लाखौं इमेल संकलन गर्दै नियमित रूपमा आन्दोलनको अद्यावधिक वस्तुस्थिति र लेखहरू पठाउँथे। सन् २००९ मा उनी अमेरिका सरे इन्टरनेट/आर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बीबीएनमा वैज्ञानिकका रुपमा कार्य गर्न। अमेरिका गएर मधेशी हरूको डायस्पोरा संगठन बनाउने योजना पहिला देखि नै थियो उनको, त्यसलाई कार्यान्वयन गर्न थाले।
सिके राउतबारे केपि ओलिको प्रसंशा
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताउनुभएको छ ।
नेपाल सरकार सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिएर जाने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल एउटा सार्वभौम राष्ट्र हो । यसको जमीन एक इञ्च पनि कसैलाई छुट्याउन, टुक्र्याउन वा दिन मिल्दैन । त्यसका नाममा कुनै सहमति हुन सक्दैन ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संविधानले सार्वभौमसत्ता सुनिश्चित गरेकाले जनताका सबै समस्याको समाधान शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट जनताको अभिमत लिएर संसद् बनाउन, सरकार गठन र संविधान सशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।
सरकारले सबै पक्ष र देशवासीमा समस्यालाई आफ्नो समस्या ठानेर फराकिलो दायराका साथ राष्ट्र निर्माण गर्न चाहेकाले यसमा सहयोग पु¥याउनसमेत उहाँले सबैमा आह्वान गर्नुभयो । गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतलाई असाधारण निर्णय गर्न सक्ने अध्यक्ष प्रचण्डसँग तुलना गर्दै प्रधानमन्त्री ओलीले ‘शान्तिको पक्षपोषण गर्ने’ राउतमा पनि त्यस्तै छाँटकाँट देखिएको भनी प्रशंसा गर्नुभयो । इञ्जिनीयर र वैज्ञानिक (टेक्नोक्र्याट) रहेका राउत गलत बाटोमा गएर बिग्रने हो कि भन्ने चिन्ता आफूमा पनि रहेको उल्लेख गर्दै प्रधामन्त्री ओलीले राउत प्राविधिक मात्र नभएर प्रबुद्ध व्यक्ति (थिङ्क ट्याङ्क) समेत भएको पाइएको चर्चा गर्नुभयो । सरकार र गठबन्धनबीच आज ११ बुँदे सहमति भएको थियो ।
सिके राउत र नेकपा प्रवेश
समाचार स्रोतका अनुसार आज प्रधानमन्त्रीसहित नेकपाका शिर्ष नेताहरुको उपस्थितीमा स्वतन्त्र मधेश गठबन्धनको बिघंठन गर्ने तर नेकपामा राउतलाई दिने जिम्मेवारीको बिषयमा सहमति नजुटेका कारण पार्टी प्रवेशको घोषणा अर्को हप्ता गर्ने तयारी छ । नाम दाम विवेकशीलता र मधेसमा औधी रुचाएका ब्यक्ति हुन सिके राउत । राउत नेकपामा प्रवेशपछि पक्कै पनि मुख्य पद पाउनेमा शंका छैन र त्यसको फाइदा नेकपाले पनि मधेसमा गुमेको आफ्नो हैसियत पाउनेमा दुई मत छैन । शुभकामना सबैलाई ।।

Post a Comment