Latest Updates :

२ बर्षिय नाबालक सहित ८ प्रहरीलाई मारेपछि रेशमले भने “बधाई छ भाई” काम सफल भयो

SHARE THIS POST :
रेशम चौधरीले प्रहरी हाम्रो दुश्मन हो घेराबन्दीमा पारेर मार भनेपछि प्रहरीलाई पेट्रोल छर्किएर आगो लगाई मारेयौँ

फागुन २३- टिकापुर घटनामा दोषी ठहरिएपछि रेशम चौधरीलाई हिजोमात्र जन्मकैदको फैसला सुनाईएको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको हत्या भएको घटनामा उनी दोषी ठहरिएका हुन् । उनलाई जन्मकैदको फैसलापछि यतिबेला सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्णीहरु भईरहेको छ । यसबीचमा रेशम चौधरीको सम्बन्धमा सनसनीपूर्ण बयान सार्वजनिक भएको छ । टिकापुर घटनामा संलग्न भएका ११ जना मध्य एक जनाले दिएको बयानले यतिबेला सनसनी मचाएको छ ।

जिल्ला अदालत कैलालीमा साबिती बयान दिने क्रममा प्रतिवादी करन चौधरीले आफुले बर्दी लगाएका प्रहरीलाई मार्दा रेशम चौधरीले बधाई दिएको बताएका छन् । उनले बयानमा प्रहरीलाई मार्दा रेशम चौधरीले काँधमा हात राखेर आफुलाई बधाई दिएको करनले खुलासा गर्दे बयानमा भनेका छन् । उनले बयानमा भनेका छन् “वारदात हुँदा मैले प्रहरीलाई मारे पश्चात मलाई रेशमलाल चौधरी र नाम थाहा नभएका व्यक्तिहरुले काँधमा राख्दै बधाई छ भाइ भनी भनेका थिए ।”यसैगरी उनले बयानकै क्रममा प्रहरीको हत्या गर्ने क्रममा त्यसको भिडियो समेत खिचिएको बताएका छन् । उनले बयानको क्रममा यसबारेमा भनेका छ्न राजाराम चौधरीले वारदातमा प्रहरीलाई मार्दाको अवस्थामा मोबाइलमा रेकर्ड गरेको देखेको हुँ” ।

त्यहाँ अन्य मानिसले पनि रेकर्ड गरिरहेको देखेको हुँ तिनीहरुको नाम थाहा छैन ।” साथै अर्का प्रतिबादी करण डगौराले पनि प्रहरी समक्ष रेशम चौधरीले प्रहरी हाम्रो दुश्मन हो घेराबन्दीमा पारेर मार भनेपछि प्रहरीलाई पेट्रोल छर्किएर आगो लगाई मारेको समेत बयान दिएको पूर्णपाठमा उल्लेख छ । उनीसहित अन्यको बयान र यथस्ट प्रमाणका आधारमा चौधरीसहित लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशानलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई जन्मकैदको फैसला भएको भएको हो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger