Latest Updates :

अन्तत : नाबालक सहित सबै ८ जनाको परिवारलाइ न्याय मिल्यो ( रेशम चौधरी सहित )

SHARE THIS POST :
 कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरी सहित ११ जनालाई दोषी देखाउँदै जन्मकैदको फैसला सुनाएको छ।

टीकापुर २०७२ भदौ ७ गते प्रहरीका एक एसएसपी सहित ९ जनाको हत्या भएको थियो। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले यस्तो फैसला गरेको हो।

सोही घटनामा १२ जनालाई तीन वर्षको कैद सजायँ अदालतले सुनाएको छ। लक्ष्मण थारु सहित ११ जनाले तीन वर्ष कैद भुक्तान गरिसकेकोले आजै रिहा भएका छन्। घटनामा आरोपित तीन जनाले भने सफाइ पाएका छन्।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा प्रहरीले ५८ जना शंकास्पद रहेको भन्दै कर्तव्य ज्यान, डाका चोरी तथा ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger