Latest Updates :

पाकीस्तान संग तनाव बढे पछी। भारतले माग्यो नेपालसँग सुरक्षा सहयोग

SHARE THIS POST :
केही महिनापछि हुन लागेको लोकसभा निर्वाचनमा सहयोग गर्न भारतले नेपाललाई आग्रह गरेको छ । दुई देशका स्थानीय अधिकारीहरुबीच सीमावर्ती भारतीय सहर नौतनवास्थित एसएसबी ६६ औँ बटालियन हेडक्वार्टरमा बसेको काउन्टर पार्ट बैठकमा भारतले निर्वाचनलाई शान्तिपूर्ण गराउन सुरक्षा सहयोग मागेको हो । हालै कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रमणपछि पाकिस्तानसँग विवाद चर्किरहेका बेला भारतलले नेपालसँग सहयोग माग गरेको हो । बैठकमा नियमित विवादका साथै खुल्ला सीमानाबाट निर्वाचन बिथोल्ने घुसपैठ हुन सक्ने भन्दै शंकास्पद व्यक्तिमाथि निगरानी गर्न आग्रह गरेको हो ।बैठकमा नेपालले लोकसभा निर्वाचनका क्रममा सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । खुल्ला

सिमानाको फाइदा उठाउँदै मदिरा विक्री, लागू औषध र अन्य तस्करीसहितका आपराधिक क्रियाकलाप नियन्त्रण गर्नमा दुवै देशका अधिकारीबीच समझदारी भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए ।गोरखपुरका आइजी जय नारायणले सिंहले बैठकमा शान्तिपूर्ण निर्वाचन गराउन नेपालले पूर्ण सहयोग प्रतिवद्धता जनाएको बताउँदै एसएसबी र प्रहरीले नाकामा संयुक्त गस्ती गर्न दुवै देशका अधिकारी सहमत भएको जानाकरी दिए । बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सिमानामा आउने समस्यालाई दुवै देशका अधिकारीले मिलेर समाधान गर्दै आएको उल्लेख गर्दै आफूहरुबाट हुने सक्ने सहयोग गर्न तयार रहेको बताए । बैठकमा रुपन्देही र नवलपरासीका प्रमुख जिल्ला अधिकारी, जनपद र सस्शत्र प्रहरीका एसपीहरु, भारत महारागंजका प्रमुख जिल्ला अधिकारी, एसएसबी ६६ औँ बटालियनका कमाण्डेन्ट, एडिसनल एसपी लगायत उपस्थित थिए ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurna news - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger